भारतमा अपराधी पक्रन गएका डीएसपीसहित ८ प्रहरी मारिए

प्रकाशित मिति:

भारत/भारतमा बिहीबार राति एक कुख्यात अपराधी पक्राउ गर्न गएको प्रहरी टोलीविरुद्ध अन्धाधुन्द गोली प्रहार हुँदा डीएसपीसहित ८ प्रहरीको निधन भएको छ भने कैयौं घाइते भएका छन्। अहिले घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार अबेर राति कुख्यात अपराधी विकास दुवेलाई पक्राउ गर्न कानपुरको चौबेपुरस्थित बिकरु गाउँमा पुगेको प्रहरीको टोलीलाई आपराधिक समूहले अन्धाधुन्ध गोली बर्साएको हो।त्यस क्रममा गोली लागेर डेप्टी एसपी देवेन्द्र मिश्रा, तीन सब इन्स्पेक्टर र चार कन्स्टेवलको मृत्यु भएको कानपुर राज्य प्रहरीका महानिर्देशक हितेषचन्द्र अवस्थलीले बीबीसी हिन्दीलाई जानकारी दिएका छन्।

घाइते प्रहरीलाई कानपुरको रिजेन्सी अस्पताल भर्ना गयरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको अनुसन्धान भइरहेको भारतीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।नेपाल खबर बाट