माल्टा । वैदेशिक रोजगारीको शिलसिलामा युरोपेली मुलुक माल्टामा रहेका चिवनवासीहरूको भेलाले चितवन सेवा समाज अन्र्तराष्टीय समन्वय समीती गठन गरेको छ। माल्टामा रही बिभिन्न पेशा, व्यवसाय र रोजगारीमा आवद्ध हुनुभएका चितवनवासी दाजुभाइ तथा दिदी बहिनीहरूको भेलाले उक्त समिति गठन गरेको हो।
माधव प्रसाद वाग्लेको अध्यक्षतामा गठन भएको चितवन समाज माल्टाको उपाध्यक्षमा सुनिता शर्मा त्यस्तै महासचिव वलराम सापकोटा, सचिव लोमस श्रेष्ठ, कोषाध्यक्ष दधिराम शर्मा , सदस्यहरु , दिवश तामाङ्ग , निम थनेत , अनुष्का कडेल , सुजन थापा, रामचन्द्र सापकोटा , खेम राज खरेल , खेलकुद संयोजक आकास गुरुङ्ग , सल्लाहकारहरु , मनिस अर्याल प्रकास वाग्ले अन्जु खत्री , राजन कुमार श्रेष्ठ प्रवास संयोजक रहनु भएको छ । समीती गठन कार्यक्रममा चितवन समाज माल्टाको तदर्श समिति गठन गर्न अहोरात्र खटिएर लागि पर्नु हुने अन्र्तराष्ट्रिय सद्भावना दुत श्री सोम सापकोटा लाई आभार व्यक्त गरीएको थियो ।












