स्याङ्जा, असार २४- स्याङ्जामा अविरल परेको बर्षाका कारण धेरै बस्तीहरु पहिरोको जोखिममा रहेका छन् । अबेवस्थीत सडक खन्ने र भौगोलिक बनावटका कारण जिल्लाका धेरै बस्तीहरु पहिरोको जोखिममा परेका हुन् । यस्तै जोखिम स्याङ्जाको वालिङ नगरपालिका१३ स्थित कुसुण्डेका ३२ घर परिवार रहेका छन् । केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ १३ कुसुण्डेमा रहेको दलित बस्तीमा जमिन छिँया, छिँया भएपछि बस्तीनै पहिरोको उच्च जोखिममा परेको हो ।भौगोलिक बनावटका हिसावले भिरालो जमिनमा रहेको उक्त बस्ती ३ दिनदेखि निरन्तर परेको बर्षाका कारण ठाँउ ठाँउमा पहिरो जान थालेपछि पहिरोको जोखिम मोल्न बाध्य छन् । स्थानीयका अनुसार कुसुण्डेका ३२ घरका झण्डै दुई सय स्थानीयले घर छाडेर सुरक्षित स्थानमा गएर रात बिताउन बाध्य भएको स्थानीय डिलबहादुर सार्कीले बताए । आकाशबाट पानी पर्ना साथ निन्द्रानै लाग्दैन सार्कीले भने,“हाम्रो आवाज सुन्दिने कोही भएननन् ।” पटक पटक वडा अध्यक्षलाई खबर गर्दा पनि सुनुवाई नभएको गुनासो उनले पोखे ।
निरन्तरको वर्षाका कारण गएको पहिरोका कारण पाँच घर विस्थापित भइसकेका छन् । पहिरोको जोखिम बढदै गएपछि सिंगो गाँउलाई स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन् । उनीहरुले बस्ती सार्न मागगर्दै वालिङ नगरपालिकामा निवेदन समेत दिएका छन् ।पानी पर्नासाथ घर भन्दा माथिल्लो भागबाट पहिरो झर्न सुरु हुन्छ पुरै बस्ती बगाउँने चिन्ताले रातभरी जाग्राम बस्नुपर्ने अवस्था रहेको स्थानीय सुनमाया सार्की बताउछिन् । अतिनैै भिरालो र कमजोर भूभाग रहेकोले जतिबेला पनि बस्ती पहिरोको जोखिममा पर्न सक्ने भएकाले पानी पर्ना साथ निद्रा नपर्ने र सुरक्षित स्थानको खोजि गर्न बाध्य भएको उनीहरुको भनाई छ ।
पहिरो नियन्त्रण एवं रोकथाम गर्नका लागि भौगोलिक हिसाबलेसम्भावना नरहेको स्थानीय सामाजिक अगुवा मधुसुदन गैहेले बताए । यो बस्तीको स्तान्तरण गर्न स्थानीय सरकारलाई खबर गरेको उनले बताए । लगातार ठुलो पानी प¥यो भने बस्ती नरहन सक्ने अवस्था भएकाले बेलैमा यो बस्तीलाई सारेर जोखिमबाट बचाउनु आवश्यक रहेको गैह्रेले बताए । पहिरोको जोखिमबाट कुसेण्डेका केही घर विस्थापित भएको खबर थाहा पाएपछि नगर वालिङ नगरपालिकाका उप प्रमुख कल्पना तिवारी सहितको टोलिले उक्त बस्तीकोे निरिक्षण गरेको छ । भुकम्पले हल्लाएको जमिन र लामो समयपछिको बर्षाले यो बस्तीको जिवन कष्टकर रहेको उपप्रमुख तिवारीले बताईन् । यो बस्तीको बिषयमा नगरपालिकाले छिट्टै निष्कर्ष निकाल्ने दावी तिवारीको छ ।
जोखिममा रहेका परिवारलाई सचेत र सुरक्षित रहन आग्रह गर्दै जोखिममा रहेको बस्ती सार्नको लागि बैकल्पिक उपाय अवलम्बन गर्न लागिएको नगरपालिकाले जनाएको छ । विगत लामो समयदेखि पहिरोको जोखिममा रहेको उक्त बस्ती स्थानान्तरणका लागि स्थानीयले माग गर्दै आएका थिए । र आफूहरुसँग कुनै विकल्प नभएपछि सरकारी मुख ताक्न बाध्य छन् कुसुण्डेका ३२ घर परिवार । चालु वर्षमा केहि दिनदेखि अबिरल परेको वर्षाले ५ घरमा पहिरोले क्षति पु¥याएपछि उनीहरु थप त्रसित बनेका हुन् ।जोखिममा रहका ३२ घरपरिवारकोबस्ती सुरक्षित स्थानमा नसार्ने हो भने जुनसुकै बेला ठूलो क्षति व्यर्होर्न बाध्य हुने अवस्थालाई मध्यनजर गरेर बेलैमा ध्यान जानु आवश्यक छ ।












