रुपन्देही – को रोहिणी गाउँपालिकामा कार दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएका छन ।
शुक्रबार राती हुलाकी सडक खण्डमा परासीबाट भैरहवा तर्फ जाँदै गरेको लु २ च ६७५६ नं।को कार छिपागडमा अनियन्त्रित भई सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।












