अमेरिकामा कोरोना संक्रमितको संख्या करीव ५० लाख

प्रकाशित मिति:

२५ साउन, काठमाडौं । अमेरिकामा कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमित हुनेको संख्या ५० लाख नजिक पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका ४९ लाख ९७ हजार ९२९ संक्रमित फेला परेका छन् ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको कारण एक लाख ६२ हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ । अमेरिका संक्रमित संख्याको आधारमा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक हो ।