व्यक्तिगत झैझगडालाई राजनीतिक रङ्ग दिएर दलीय लडाइँ बन्द गर्न काङ्ग्रेस नेता पौडेलको सार्वजनिक अपिल ।

प्रकाशित मिति:

नेपाली काङ्ग्रेसका नेता विस्नु पौडेलको विचार। पछिल्लो समय जिल्लाका विभिन्न ठाँउहरुमा एकपछि अर्को गर्दै जसरी भौतिक आक्रमणहरुको श्रृंखला चलिरहेको छ । यो समग्र घटनाक्रमले हाम्रो जिल्लाको समग्र छवि र मुख्य राजनैतिक दलहरु प्रति आममानिसले हेर्ने दृष्टिकोणमा समेत नकारात्मक प्रभाव पारेको छ । जो कोही व्यक्ति राजनीतिमा सक्रियतापूर्वक लाग्नुको मुख्य जिम्मेवारी भनेको समाजमा नेतृत्वदायी भूमिका प्रदान गर्दै सकारात्मक परिवर्तनका लागि एउटा संवाहक बन्नु हो । सामन्य सवालहरुमा अनावश्यक गालि गलौज, मुठभेद, हिँसाका गतिविधिहरु गर्नका राजनीतिक परिचय र भूमिका अवश्य पनि उपयुक्त विकल्प होइन ।

विविध कारणहरु सहित घटना एउटा व्यक्तिबाट हुन्छ, घटनालाई तत्काल राजनैतिक दलको पहिचानसंग जोडेर सामाजिक सन्जालहरुमा अतिरन्जीत गरिन्छ । प्रत्येक हिँसाका घटनाहरुलाई जिम्मेवार राजनैतिक दलहरुमा आवद्ध व्यक्तिहरुद्धारा राजनीतिकरण गर्ने संस्कारको शुरुवात भएको छ, त्यसका अलावा सरकारमा रहेको दलमा आवद्ध कतिपय स्थानीय नेताहरुद्धारा कानुनको कार्यान्वयन गर्ने प्रशासनीक निकाय, प्रहरी अधिकृतहरुको आत्मसम्मानमा चोट पुग्ने गरी धम्कीपूर्ण शैलीबाट सामाजिक सन्जालमा आफना विचारहरु अभिव्यक्त गरिएको छ ।

यी र यस्ता घटनाहरुले राजनीतिका मार्फत समाजसेवामा सक्रिय हामीहरु र आम नागरिकहरुमा गम्भिर चोट पुयाएको छ । अपराधीक घटनाहरु र राजनीतिक घटनाहरुका बिचमा ठूलो फरक छ । जुनसुकै अपराधको राजनीतिकरण र राजनीतिलाई अपराधसंग जोडनु कदापि राम्रो होइन । आफैले विजारोपण गरेको संस्कारको शिकार बन्ने दिन हामी स्वयमका लागि नआउलान भन्न सकिदैन ।नेतृत्वमा रहेका जिम्मेवार व्यक्तिहरुले यस तर्फ ध्यान दिने कि । जय नेपाल