गजल, लेखक पूर्ण भण्डारी पवित्रदिप ।
लौन कहिलेकाहीं देशका गजल लेखौं।
लोपोन्मुख मातृ भेषका गजल लेखौं।
प्रेमिकाको कपाल बखान भयो धेरै
पुज्य यो भूमीको केश्का गजल लेखौं।
गर्यौं,गर्छौं,गर्नेछौं धन्को जोड् घटाउ
भाग गर्दा बाँकी शेष्का गजल लेखौं।
उत्पादनमा रहर् छैन; आयातमा भर
जेमा छ देशभक्ति तेस्का गजल लेखौं।
चर्चा पाउँछन् यहाँ उड्ने, गुड्ने कुरा
खाली खुट्टा हिंडाइ, ठेंस्का गजल लेखौं।
कोभिड् महामारी,बाँझा खेतबारी
तयारीको परिवेश्का गजल लेखौं।