सिमा क्षेत्रमा बसोबास गर्ने जनताको सुरक्षाका निम्ति सशस्त्र प्रहरी बल प्रतिबद्ध छ : डीआईजी प्रधान

प्रकाशित मिति:

प्रकाश अधिकारी भाद्र ३० गते। सशस्त्र प्रहरी बल प्रदेश न। ५ का प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी किशोर प्रधानले कपिलवस्तु जिल्लाको चाकरचौडा र हथिहवामा बनेको विओपीको नवनिर्मित भवनको सोमबार उद्घघाटन गरेका छन्। डीआईजी प्रधानले सशस्त्र प्रहरी बल सिमा ईलाका क्षेत्रमा बाक्लो रूपमा तैनाथ गरी सिमा क्षेत्रमा बसोबास गर्ने जनताहरुमा शान्ति सुरक्षाको निम्ति सशस्त्र बल प्रतिबद्ध रहेको बताएका थिए।

सिमामा चोरीरतस्करी, लुटपाट, अपहरण, चेलीबेटी बेचविखन, लागु औषध तथा हात-हतियारको ओसार पसार जस्ता कार्य हुने हुदा सशस्त्र प्रहरी बलले जनताको र राष्ट्रको रक्षा गर्ने सधैं तयार रहेको पनि डीआईजी प्रधानको भनाइ थियो।सशस्त्र प्रहरी कर्मचारी कार्य क्षेत्रमा खटिदा उच्च अनुशासनमा रही उच्च मनोबलका साथ मानव अधिकारको संरक्षण,भष्टचारमा शुन्य सहनशिलताको सिद्धान्त अपनाउन र लैङ्गिक हिंसा जन्य क्रियाकलाप नगर्न समेत प्रधानले निर्देशन दिएका थिए।नायव महानिरीक्षक प्रधानले कार्यक्रममा उपस्थित स्थानिय निकायका प्रतिनिधी, स्थानिय बासिन्दाहरुलाई सहकार्य गर्दै काम गर्न साथै आवश्यक परेको समयमा एकले आर्कालाई सहयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए।कपिलबस्तु जिल्ला मातहतका वि।ओ।पि। विजयनगर र भिल्मीमा निर्माण भएका भवनहरुको उद्‍घाटन समेत केही दिन अगाडि भएको थियो।