चिकित्सा शास्त्र अध्ययन संस्थानले कोटा निर्धारणमा धाँधली गरेका भन्दै विद्यार्थी आन्दोलित

प्रकाशित मिति:

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्र्तगतको चिकित्सा शास्त्र अध्ययन संस्थानले कोटा निर्धारणमा आर्थिक चलखेल गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । महाराजगञ्जस्थित चिकित्सा शास्त्र अध्ययन संस्थानको डीन कार्यालय अगाडि विद्यार्थीहरुले कोटा निर्धारण निष्पक्ष ढंगले गर्न माग गर्दै प्रर्दशन गरे । आर्थिक चलखेल गरेर चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण हुन थालेपछि त्यसको विरोधमा डिन कार्यालय अघि प्रर्दशन गर्नु परेको विद्यार्थीहरुले सुनाए । प्रदर्शनबीच उनीहरुले मेरिटको आधारमा कोटा निर्धारण नगरेर आफूहरुमाथि डिन कार्यालयले अन्याय गरेको आवाज उठाए । विद्यार्थीले चिकित्सा शास्त्र अध्ययन संस्थानको प्रशासनलाई कोटा निर्धारणमा धाँधली नगर्न पनि भनेका छन् । डिन कार्यालयले आफूहरुको मागलाई बेवास्ता गरेको गुनासो समेत उनीहरुले गरेका छन् । मेरिटको आधारमा कोटा निर्धारण नगरेको भन्दै उनीहरुले ५२ प्रतिशत नम्बर ल्याउने विद्यार्थीलाई कसरी चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गरिएको भनि डीन कार्यालयलाई प्रश्न समेत गरे । चिकित्सा शास्त्र अध्ययन संस्थानले कोटा निर्धारण गर्दा आफूखुसी गर्ने गरेको गुनासो हरेक वर्ष आइरहेको छ ।