रुपन्देही । देवदह नगरपालीकाका विभिन्न वडाहरुमा गत शुक्रवार अभिरल वर्षाका कारण आएको वाढिका कारण डुवान ,कटान तथा घर , वस्तुभाउ वगाएको क्षेत्रमा नेपाली कांग्रसका नेताहरुले अवलोकन गर्नु भएको छ ।
नेपाली कांग्रेसका सभापती अव्दुल रज्जाक , नेपाली कांग्रेसका जिल्ला सदस्य तथा प्रदेशसभाका प्रत्याशी हरी न्यौपाने , नगरसभापती गुनाखर भुर्तेल , जिल्ला सदस्य नवीन आचार्य लगायतले त्यसक्षेत्रको अवलोकन गर्नुका साथै प्रभाबीतहरुलाई उचीत राहत उपलव्ध गराउन आग्रहपनी गर्नु भएको छ ।













