प्रदेश ५ को राजधानी दाङ लैजाने प्रस्ताव विरुद्ध नेपाली कांग्रेस रुपन्देहीको बैठक बसी विभिन्न आन्दोलन सहितको निर्णय सार्वजनिक गरेको छ । शनिवार बिहान अबेरसम्म बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाली कांग्रेस जिल्ला सचिव रामकृष्ण खांणले बताए । ‘जिल्ला पदाधिकारी सहित, नगर पदाधिकारी, जिल्लामा रहेका प्रदेश सांसद , पुर्व जिल्ल पदाधिकारी र निर्वाचनका प्रत्यासी नेताको सहभागितामा बैठक बसेको हो, उनले भने, ‘कांग्रेसले विरोधस्वरुप मसाल जुलुस, चक्का जाम तथा नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका कार्यक्रम गर्ने निर्णय भएको छ ।’ प्रदेश सभामा शुक्रबार प्रदेश नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश भएसंगै बुटवलका विभिन्न ठाउंमा टायर बालेर विरोध जनाएको कांग्रेसले शनिवार सांझ जिल्लाका सबै क्षेत्रमा मसाल जुलुस प्रर्दशन गर्ने भएको छ । त्यस्तै, आइतवार जिल्ला बन्द गर्ने साथै नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन गर्ने खांणले जनाए । उनले विद्यार्थी नेतालाई उग्र क्रियाकलाप नगर्न आग्रह समेत गरेका छन् ।

त्यस्तै, शनिवार बिहान बसेको नेपाली कांग्रेसबाट रुपन्देहीमा गत निर्वाचनमा उम्मेद्धार बनेका प्रत्यसी नेताले विज्ञप्ती जारी गर्दै प्रदेशको राजधानी बुटवल नै राख्ने भनी चुनावमा नारा लगाएका नेकपाका नेताले चुनाव जितेपछि जनभावनालाई कदर गर्न नसकेको आरोप लगाए । उनीहरुले प्रदेशको राजधानी सबै किमिले रुपन्देही नै हुन उपयुक्त रहेकाले यहां नै राजधानी कायम गर्न माग गरेका छन् ।












