लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा मृत्यु भएकी महिलामा संक्रमण पुष्टी

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आइतवार राति मृत्यु भएकी महिलामा संक्रमण पुष्टी भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि आइतवार बिहान लुम्बिनी प्रादेशिक अस्पताल ल्याईएकी बुटवल १३ बेलबासकी ६५ वर्षीय वृद्धा महिलाको राति ८ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए । महिलाको पिसिआर परिक्षणका लागि हिजो पठाईएको स्वाबको नतिजा सोमवार बिहान आएको हो । फिभर क्लिनिकमा राखी उपचार गरिएकी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा गौतमले बताए ।