काठमाडौं, कात्तिक १६ । सरकारले शुल्क लिने निर्णय गरेपछि अस्पतालहरुले कोरोना संक्रमितको उपचारमा धमाधम धरौटी रकम माग्न थालेका छन्। केही साताअघि धुलिखेल अस्पतालले कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम जम्मा गर्नुपर्ने भन्दै रकम तोकेको थियो। हालै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले पनि संक्रमितसँग धरौटी रकम माग गरेको छ।
टेकु अस्पतालले कात्तिक १३ गते सूचना जारी गरि निश्चित बर्गबाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार, कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय भएको जनाएको छ।