बुटवलमा गोली चल्यो : एक गम्भीर घाइते ,२ जना पक्राउ,एक फरार

प्रकाशित मिति:

बुटवल – बुटवलको एक हाेटलमा गोली चलेको छ । गाेली लागेर एक जना घाईते भएका छन् । साे काेठामा गैँडाको खाग पनि बरामद भएको छ । बुटवल ८ सुख्खानगरस्थित न्यू कलश रेष्टुरेण्ट एण्ड गेष्ट हाउमा आइतबार बिहान करिब साढे ९ बजे गोली चल्दा भक्तपुरका राकेश न्यौपानेको घाईते भएका हुन् । उनको घाटीमा गोली लागेको र उपचारका लागि भैरहवाको यूनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनामा संलग्न दुइ जनालाई बुटवल प्रहरीले होटलबाट नियन्त्रणमा लिएको छ । प्रक्राउ पर्ने युवाहरू भक्त थापा र कर्णबहादुर राउत रहेको प्रहरीले जनाएको छ । साेही घटनामा संलग्न एक जना भने फरार रहेका छन् ।

प्रहरीको दावी अनुसार उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा छापा मार्न प्रहरी गएको थियाे । सादा पोशाकमा हाेटल पुगेका प्रहरीहरुमाथि नै उनीहरूले आक्रमण गरेका हुन् । प्रहरी टोलीलाई होटेलमा रहेका व्यक्तिले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा उनलाई नै गोली लागेर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए ।