समृद्धि र लोकतन्त्र रक्षाका लागि काग्रेस एक हुनुको विकल्प छैन : सांसद पाण्डे 

प्रकाशित मिति:

स्याङ्जा :  प्रतिनिधी सभाका नवनिर्वाचित सांसद मोहन प्रसाद पाण्डेले कांग्रेस एकजुट भए मात्रै नेपालको संमृद्धि सम्भव रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो,नेपालको संमृद्धिसँगै लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस एक हुनुको विकल्प छैन । कम्युनिष्ट पार्टीको अधिनायकबादलाई अन्त्य गर्न र लोकतन्त्रलाई मजबुद बनाउन कांग्रेस सशक्त प्रतिपक्षको भुमिकामा उभिनुपर्ने सांसद पाण्डेको भनाइ छ ।

समग्र स्याङ्जाको विकास र समग्र देशको विकासका लागि संसदमा सशक्त भुमिका खेल्ने सांसद पाण्डेले स्पष्ट पार्नु भयो । कम्युनिष्ट र काग्रेस दुवै पार्टी मिलेर अगाडि बढ्नु नै देशका लागी राम्रो रहेको भन्दै सांसद पाण्डेले भन्नुभयो,साथै सांसद पाण्डेले भने , जंगलतिर विप्लव छन्, सडकमा राजबादी त्यसैले दुई ठुला पार्टी गम्भीर हुनु पर्दछ । कार्यक्रममा स्याङजा कांग्रेसका कार्यबहाक सभापति कुमार रानाले जिल्लामा कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने भन्दै कार्यकर्तालाई जागरुक हुन आग्रह गर्नुभयो ।

यस्तै संविधान सभा सदस्य राजु थापाले सहमति सहकार्य र एकता वाट मात्रै संगठन सुधारहुने वताउदै आगामी जिल्ला अधिवेशनमा सहमति वाट सर्वसम्मत नेतृत्व खोज्न आव्हान गर्नु भयो । कार्यक्रममा महासमिति सदस्य भोजराज अर्याल, महिला संघ केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी, कांग्रेस जिल्ला प्रवक्ता ईन्द्र गोदार, वालिङ नगरउपप्रमुख कल्पना तिवारी, महाधिवेशन प्रतिनधीहरू लक्ष्मीप्रसाद रेग्मी, गुरुप्रसाद भट्टराई, विष्णु पौडेल, महेन्द्र श्रेष्ठ, लिलबहादुर रनपाल, नेबिसंघका महान्त्री युवराज पाण्डे, वडा अध्यक्षहरू केदार काफ्ले र महेश भट्टराई , धनबहादुर थापा, तोयनाथ अर्याल, टिकाराम तिवारी, भिमलाल सुवेदी, लगायतले बोलेका थिए । नेपाली काग्रेस स्याङ्जा क्षेत्र नं। २ ले प्रतिनिधि सभामा निर्वाचित सांसद मोहन प्रसाद पाण्डेलाई स्वागत तथा सम्मान गर्न कार्यक्रमको आयोजना गरेको हो । क्षेत्रिय सभापति ईश्वर खांणको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत अर्जुनप्रकाश अर्याल र सञ्चालन दामोदर लम्सालले गरेका थिए ।