नेपाली जनसम्पर्क समिति क्यानाडाको प्रबिधी मैत्री कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

क्यानाडा । नेपाली जनसंपर्क समिती क्यानाडाले कांग्रेस केन्द्रिय कार्यालयको सुचना तथा संचार विभागद्वारा जारी गरेको सम्पुर्ण संयन्त्रलाई प्रबिधी मैत्री बनाउने अभियान अनुसार सहभागी जनाउदै वेबसाईट बनाइ सन्चालनमा ल्याएको छ। प्रबिधी मैत्री बनाउने अभियान अन्तर्गत नेपाली जनसंपर्क समिती क्यानाडाले समितिको वेबसाइट बनाई डिसेम्बर ११ मा प्रमुख अतिथि पूर्व मन्त्री तथा कांग्रेस सहमहामन्त्री डा। प्रकाश शरण महतबाट उद्घाटन गर्ने गरि कार्यक्रमको आयोजना गरेपनि प्रमुख अतिथिको कार्य व्यवस्थाका कारण कार्यकर्ममा सहभागी हुन नसकेका कारण प्रमुख अतिथि महतको तर्फबाट बिशेष अतिथिको आसनबाट पूर्व मन्त्री दिपक गिरीले वेबसाइटको उद्घाटन गर्नु भएको छ।

उक्त वेबसाईटको उद्घाटन कार्यक्रममा बिशेष अतिथिमा पूर्व मन्त्री दिपक गिरी, जनसंपर्क समिती बिभाग प्रमुख गोबिन्द भट्टराई, कांग्रेस प्रबक्ता विश्व प्रकाश शर्मा, संबिधान सभा सदस्य रत्ना शेरचन, आमन्त्रित केन्दिय सदस्य एबम नेपाली जनसंपर्क समिती भारतका सभापती बाल कृष्ण पाण्डे र आमन्त्रित केन्दिय सदस्य एबम नेपाली जनसंपर्क समिती अमेरिकाका सभापती गोरख बिष्ट ९आनन्द ० लगायत विश्व भरीका जनसंपर्क समितिका सभापतीहरु साथै क्यानाडाका बिभिन्न प्रान्तबाट समाजसेबी बुद्दीजिबी र पत्रकारहरु समेतको सहभागी रहेको थियो ।नेपाली जनसम्पर्क समिति क्यानडाले आयोजना गरेको वेबसाईट शुभारम्भ कार्यक्रममा बोल्दै नेपाली काङ्रेसका केन्दिय सदस्य एबम पुर्ब मन्त्री दिपक गिरीले कोरोनाको माहामारिमा नेपाली जनसम्पर्क समितिले गरेका साहसी पूर्ण योगदानको चर्चा गर्दै मुलुक विषम परिस्थितिमा गुर्जिरहेको बताउभयो। प्रदेशमा रहेर पनि मुलुकको हितका लागि गर्दै आएका सहयोगहरु निरन्तर गरि रहन आग्रह गर्नु भएको छ। त्यसै गरी नेपाली कांग्रेसका केन्दिय सदस्य एबम जनसम्पर्क समिति बिभाग प्रमुख गोबिन्द भट्टराईले प्रबिधीले संगठन देखि सम्पूर्ण नेपाली कांग्रेस जनहरुलाई सिंगो एक बनाउन थप सहज बनाउने बताउनु भयो। त्यसै गरी नेपाली कांग्रेसका प्रवक्ता बिस्व प्रकाश शर्माले आजको समयमा पार्टिलाई रुपान्तरण गर्नको लागि प्रविधी अपरिहार्य रहेको कुरा बताउनुभएको छ। बिज्ञान र प्रविधिको आजको युगमा पार्टिलाई डिजिटल हाउसमा ल्याउन आवश्यक छ। उहाँले भन्नुभयो, प्रविधिको माध्यमबाट हामिले पार्टी रुपान्तरण गर्न सकिन्छ, देशमा भएको १६५ ओटा निर्वाचन क्षेत्रमा सब(डोमेनको व्यवस्था गरेर पार्टिका कामहरुलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ। ।

प्रत्येक क्षेत्रमा सब(डोमेनको व्यवस्था गरिसकेपछि पार्टिका सबै क्रीयाशिल सदस्यको रेकर्ड सिधै केन्द्रमा जाने र आगामि निर्वाचनमा प्रविधिको माध्यमबाट सबै कार्यप्रणालिमा सहज हुने कुरामा बिश्वस्त रहनसमेत प्रवक्ता शर्माले आग्रह गर्नुभएको छ। कार्यक्रममा बोल्दै नेपाली जनसम्पर्क समितिका सभापति बुद्दि प्रकाश ओलीले वेबसाईटमा समितीका कार्यसमिति, महासमिती सदस्य, महाधिवेशन प्रतिनिधि सङ्गसङ्गै ऐतिहासिक व्यक्तीत्वका विवरण साथै ई-लाइब्रेरी, ई(म्युजियम, समितीका सुचना, गतिबिधी एवम् नयाँ कृयाशिल सदस्यता लिन नबिकरण, गर्न मिल्ने, अनलाईन भोटिङ साथै भए गरेका सपूर्ण कार्यक्रमका बारेमा जानकारी उपलब्ध हुने रहेको बताउदै सम्पूर्ण क्यानाडामा रहनुहुने नेपाली कांग्रेस जनहरुलाई सदस्यता लिइ, नबिकरण गरि आगमी हुने तेस्रो निर्बाचनमा सहभागी हुन् आग्रह गर्दै केन्दिय कार्यालयको वेबसाइटको सब डोमिन उपलब्ध गराउने सुचना तथा प्रचार प्रसार प्रमुख साथै प्रबक्ता बिस्व प्रकाश शर्मा , प्राबिधिक अफिसर दिपेस बिष्ट साथै यस समितिको वेबसाइट बनाउन मद्दत गर्नु हुने महामन्त्री बसन्त कार्की, केन्दिय सदस्य कृष्ण रेग्मी र केन्दिय कार्यालयबाट क्रियाशील सदस्यता फारम ल्याई यस समितिलाई हस्तातरण गर्नुहुने समितिका केन्दिय सदस्य प्रेम घिमिरेलाई धन्यवाद दिदै कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि जनहरुमा हार्दिक आभार ब्यक्त गर्नु भएको छ ।