सोमबार कांग्रेसको प्रदर्शन , कसले कहाँ गर्दैछन् सम्बोधन ?

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसले मंसिर २९ गते ७७ वटै जिल्लामा एकसाथ प्रदर्शनको तयारी गरेको छ । पार्टी सभापति शेर बहादुर देउवाले विज्ञप्ती जारी गर्दै प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आएको भए पनि त्यसलाई सरकारले कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेकोले प्रदर्शनको आयोजना गर्नु परेको बताएका छन् । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेको उनको आरोप छ ।

यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ । सरकारप्रतिको वितृष्णा मुलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो ।,’ विज्ञप्तीमा उनले भनेका छन्,‘नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । सोमबारको प्रदर्शन त्यसकै सांकेतिक स्वरुप हो ।’ उनले प्रश्न गरेका छन्,‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ रु शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ रु महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुंदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ रु कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं बिद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसंग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ ?’

तनहुँको पछिल्लो घटना होस् या देशका कैयन भागमा भएका उत्पीडन, दमन र विभेदका घटना हरेक नेपाली गम्भीर हुन जरुरी रहेको उनको भनाई छ । ट्रान्सपरेन्सी ईन्टरनेसनलको पछिल्लो प्रतिवेदनले एसियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशका रूपमा नेपाललाई चित्रित गर्दा हरेक नेपालीलाई लज्जित तुल्याएको भन्दै कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नहुंदा सयौंको मृत्यु भएको छ भने हरेक नेपालीले मृत्युको सन्त्रास भोग्नु परेको उनको आरोप छ ।  उनले भनेका छन्,‘कोरोनाकालिन नीति, दृष्टिकोण र ठोस कार्यक्रम नहुंदा मुलुकको अर्थतन्त्र झनै कमजोर बन्न पुगेको छ । चौतर्फी संकटबाट मुलुकलाई निकासको मार्गमा लग्न गम्भीर भएर कार्य गर्नुपर्ने सरकार सत्ताको द्वन्द्वमा जकडिएको छ । यस्तो परिदृश्यमा जनतामा प्रश्न, आक्रोश र वितृष्णा बढ्नु विल्कुलै स्वभाविक छ ।’ नेपाली कांग्रेस मुलुकलाई हरेक चुनौतीको घडिमा निकास र नेतृत्व दिएको दल भएकोले प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण ब्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा कांग्रेस गम्भीर रहेको उनको भनाई छ ।

कसले कहाँ गर्दै छ सम्बोधन ? कांग्रेसले एकै साथ ७७ वटै जिल्लामा गर्न थालेको प्रदर्शनमा विभिन्न केन्द्रिय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एक नेताले जानकारी दिए । सम्बोधनका लागि केन्द्रले केही जिम्मेवारी बाँडफाँड नगरेको तर, जिल्लाको आमन्त्रणका आधारका नेता जिल्लामा पुगेको उनको भनाई छ ।
सोमबारको प्रदर्शनमा
पार्टी सभापति देउवा र प्रवक्ता विश्व प्रकाश शर्मा– हेटौडा
वरिष्ठ नेता रामचन्द्र पौडेल– काठमाडौं
महामन्त्री शशांक कोइराला – मोरङ
उपसभापति विमलेन्द्र निधि– भक्तपुर
कोषाध्यक्ष सीतादेवी यादव –ललितपुर
सहमहामन्त्री डा। प्रकाशशरण महत– झापा
केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला – महोत्तरी
गगन थापा – कैलाली
चन्द्र भण्डारी– नुवाकोट
भरत शाह र सुरेन्द्र पाण्डे – रुपन्देही
पुष्पा भुसाल –अर्घाखाँची
जीवन परियार –गुल्मी
धनराज गुरुङ – स्याङ्जा
नैनसिंह महर –दोलखा
अर्जुन नरसिंह केसी–पोखरा
डा।रामशरण महत – चितवन
गोपालमान श्रेष्ठ –काभ्रे
प्रकाशमान सिंह– धनुषा
लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।