पाल्पामा राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा प्रदर्शन

प्रकाशित मिति:

बुटवल,२९ मंसिर । पाल्पामा राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा वृहत ¥याली सम्पन्न भएको छ ।  पाल्पाको रामपुरमा कालिगण्डकी बेसी जनता तथा पाल्पा जिल्ला बासी जनताको आयोजनामा मोटरसाइकल तथा कार ¥याली सपन्न भएको हो ।¥यालीका सहभागीहरुले ‘राजा ल्याऔं,देश बचाऔ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए ।

¥याली बेझाडबाट शुरु भई किसानबारी, तालपोखरा,मटेरी हुदै पुनः बेझाड चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।
शिव सेना नेपाल पाल्पाका जिल्ला अध्यक्ष ओमप्रकाश पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको सभामा अभियान्ता राजेन्द्र ढकाल र शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेत बाबाले सम्बोधन गर्दै राष्ट्रिय एकता र हिन्दु राष्ट्रका लागि राजसंस्थाको पुनस्थापना हुनुपर्ने बताएका थिए । सो अवसरमा शिव मन्दिरमा रामपुरबासी बृद्ध बृद्धालाई शिव सेनाका अध्यक्ष अनिल बस्नेत बाबाले सम्मान गरेका थिए । ¥यालीपछिको सभामा शिव सेनाकै केन्द्रीय सदस्य अनिल जैसवाल,नारायण अर्याललगायतले बोलेका थिए । शिव सेना नेपालले आज सोमबार कपिलवस्तुमा दिउसो १ बजे प्रदर्शन गर्ने कार्यक्रम राखेको छ ।