स्याङ्जामा काङ्ग्रेको विरोध प्रदर्शन

प्रकाशित मिति:

स्याङ्जा । सोमबार भइरहेको देशव्यापी सरकारविरोधी प्रदर्शन स्याङ्जाका नेता, कार्यकर्तादेखि सर्वसाधरणहरु नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकारको विरोधमा उत्रिएका छन्।

हजारौंको उपस्थितीमा विरोध र्‍यालीले सरकारविरुद्ध नाराबाजी गर्दै स्याङ्जा सदरमुकाममा परिक्रमा गरेको थियो ।
विरोध र्‍यालीमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेका छन्। सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रिएको हो।

प्रदर्शनसँगै स्याङ्जा सदरमुकाममा विरोधसभा समेत गरिएको छ। सभालाई कांग्रेस केन्द्रीय सदस्य धनराज गुरूङ, संघीय सांसद मोहन प्रसाद पाण्डे, कांग्रेस स्याङजाका कार्यबाहक सभापति कुमार राना, सभाषद राजु थापा, प्रदेश सांसद भागवत प्रकाश मल्ल लगायतले सम्बोधन गरेका थिए ।

थप समाचार