मंसिर ३० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि नेता कोइरालाले सरकारले संविधानको मर्म र भावना विपरीत ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तरुन्तै खारेज गर्न माग गरेका हुन्। उनले अध्यादेश जारी गर्नुलाई अधिनायकवादको सिंढीको संज्ञा दिएका छन्। ‘संविधानको मर्म र भावना विपरीत ल्याइएको ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश’ तुरुन्तै खारेज गरियोस्। यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिंढी हो,’ कोइरालाले भनेका छन्।
यसअघि मंगलबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारको सिफारिस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।












