मन्त्रिपरिषद बैठकमा अध्यादेश फिर्ताबारेमा कुनै निर्णय भएन

प्रकाशित मिति:

काठमाडौं, पुस २ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नेकपा स्थायी समितिले फिर्ता लिन सरकारलाई निर्देशन गर्ने निर्णय गरेको संवैधानिक परिषद सम्वन्धी अध्यादेशको बारेमा कुनै निर्णय गरेका छैनन् । ओली पनि सहभागि स्थायी समिति बैठकले उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । तर त्यस लगत्तै आजसाँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा अध्यादेश फिर्ताबारेमा कुनै निर्णय नै भएन।

नेकपाभित्र संसद अधिवेशन माग गर्दै ८३ जना सांसदहरुले हस्ताक्षर गरेको अधिवेशन मागको निवेदन र अध्यादेश फिर्ता गर्ने सहमति भएको थियो । तर ओलीले सहमति भएको भोलीपल्टै उक्त अध्यादेश फिर्ता गर्न आनाकानी गरेर सहमति तोडेको संकेत गरेका छन् ।
आज बेलुका बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबारेमा छलफल समेत नगरी अन्य एजेण्डामा निर्णय भएर सकिएको छ ।

आजको क्याविनेटमा नियमित एजेण्डाहरु पेश भए, संवैधानिक परिषद सम्वन्धिअध्यादेशबारे कुनै छलफल भएन’, बैठकपछि एक मन्त्रीले  भने । अध्यादेश फिर्ता नभई बिहीबार मन्त्रिपरिषद बैठक बस्नु अघि पुन परिषदको बैठक डाकिएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग आपत्ति जनाएका थिए । त्यसपछि संवैधानिक परिषदको बैठक स्थगित गरिएको थियो ।

थप समाचार