नागरिक एप प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान

प्रकाशित मिति:

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नागरिकलाई ‘नागरिक एप’ प्रयोग गर्न आह्वान गरेका छन् । उनले फेसबुकमार्फत घरमै बसीबसी सार्वजनिक सेवाका लागि ‘नागरिक एप’ प्रयोग गर्न आह्वान गरेका हुन् ।

कार्यालय अवधि र कर्मचारीको उपस्थितिबिना नै सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित हुनु हाम्रो सन्दर्भमा युगान्तकारी रूपान्तरण हो । नागरिक एपमार्फत सेवामा आम जनताको सिधा पहुँच थप विस्तार गर्दै लगिनेछ,’ उनले भने । सार्वजनिक बिदाको दिनमा पनि बिनाकर्मचारी ३२५ जनाले प्यान नम्बर प्राप्त गरेको जानकारी गराइएको आह्वानमा उल्लेख छ ।