कोरोनाविरुद्धको खोप माघ १४ देखि लगाउन सुरु गर्ने सरकारको तयारी

प्रकाशित मिति:

नेपाल सरकारले भारतबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप माघ १४ देखि लगाउन सुरु गर्ने तयारी गरेको छ । सरकारले पहिलो चरणमा कोरोना संक्रमण नियन्त्रणका लागि अग्रभागमा रहेर काम गर्नेलाई खोप लगाउने तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिए । खोपका लागि समूह तयार पारिसकेको उनले बताए ।  उनले भने, ‘मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुवात भइसकेको छ र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेका छौँ । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन उनले सबैलाई आग्रह गरे ।