अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने हो : भुषाल

प्रकाशित मिति:

नेकपाको प्रचण्ड(नेपाल पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटनलाई सर्वोच्च अदालतले सदर गरे ओलीले स्वतन्त्र अदालतमाथि नै प्रहार सुरु गर्ने बताएका छन् । रुपन्देहीमा संचालित मिडियाका सम्पादक, लेखक तथा बुद्धिजिवीहरुसँगको अन्तक्रियामा बोल्दै नेता भुसालले अदालतको काम संविधानको रक्षा गर्ने तथा कार्यपालिका र व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने भएको बताए ।नेता भुसालले अदालत सेटिङको प्रभावमा नपरोस भन्ने उद्देश्यले नेकपाले आन्दोलन गरेको दाबी गर्दै जनताबाट बहुमत ल्याउने अनि सरकार चलाउँदिन भन्ने अधिकार संविधानले कसैलाई नदिएको बताए । भुसालले संसद ब्युँतिए फेरि अर्को केपी ओली नजन्मने ठोकुवा गर्दै संविधानले कल्पना गरे अनुसार दल बन्न नसकेका कारण समस्या उत्पन्न भएको खुलासा गरे ।

उनले तत्कालिन एमालेमा निश्चित समयावधिमा राजनीतिबाट बिश्राम लिने नीति बनाइए पनि दुई पार्टीको एकताका क्रममा त्यो कार्यान्वयन हुन नसकेको उल्लेख गरे । नेता भुसालले एमालेको नवौं महाधिवेशनले विचार एउटाको पास गरेर नेता अर्को निर्वाचित गर्दा अहिलेको दुर्घटना भएको बताए ।उनले नेकपामा दलाल पूँजीपतिपहरु प्रवेश गरेको पार्टीले मनन् गरेको स्वीकार गर्दै तिनीहरुलाई लोकतान्त्रिक विधिबाट व्यवस्थापन गरिने प्रतिवद्धता ब्यक्त गरे । उनले पार्टीमा धेरै कमिकमजोरी रहेको स्वीकार गर्दै ती सबैकमजोरी सुधार गर्दै लगिने सम्पादक तथा लेखकहरुका माझ प्रण समेत गरे ।