तिलोत्तमा, माघ ३० । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा शुक्रबार विभिन्न खेलहरु भएका छन् ।ज्याभलिन थ्रो प्रतियोगितामा छात्रातर्फ कक्षा ६ र ७ को समूहबाट सावित्री गौडेल प्रथम , पार्वती न्यौपाने द्वितीय र समिक्षा रेग्मी तृतीय भएका छन् । त्यस्तै कक्ष ८ मा दीपा पौडेल प्रथम, बन्दना खड्का द्वितीय र प्रकृति पंगेनी तृतीय भएका छन् भने कक्षा ९ मा समिता नेपाल प्रथम, सृष्टि बुढाथोकी द्वितीय र निरुता कार्की तृतीय भएका छन् । कक्षा १० मा रञ्जु सुवेदी प्रथम, प्रविना सुर्यवंशी द्वितीय र मधु बस्याल तृतीय भएको शिक्षक शीव खनालले जानकारी दिनुभयो ।
त्यसैगरी छात्रतर्फ भएको ज्याभलिन थ्रोमा कक्षा ६ र ७ बाट बिक्रम गाहा प्रथम, अमित लामटांगे द्वितीय र सुनिल चौधरी तृतीय भएका छन् । त्यस्तै कक्षा ८ र ९ को समूहमा सरोज थारु प्रथम, भुवन पश्चिमा द्वितीय र नविन थापा तृतीय भएका छन् भने कक्षा १० मा विष्णु झेडी मगर प्रथम, सविन घर्ती मगर द्वितीय र विनय भट्टराई तृतीय भएका छन् ।
यसैगरी लङ्ग जम्पमा छात्रातर्फ कक्षा ६ र ७ मा सावित्रा गौडेल प्रथम, सहारा थापा द्वितीय, भावना भट्टराई तृतीय भएका छन् भने कक्षा ८ र ९ मा दीपा पौडेल प्रथम, बन्दना खड्का द्वितीय र सीमा न्यौपाने तृतीय भएका छन् । यस्तै कक्षा १० मा रन्जु सुवेदी प्रथम, अस्मिता चौधरी द्वितीय र लिजा मगर तृतीय भएका छन् । त्यसैगरी छात्रतर्फ कक्षा ६ र ७ को समूहमा बाबुराम बि.क. प्रथम, सुमित चौधरी द्वितीय र आशिष गुरुङ तृतीय भएका छन भने कक्षा १० मा निशान गाहा प्रथम, अमित सुनार द्वितीय र सुदिप चौधरी तृतीय भएका छन् ।
यस्तै जुनियर तहमा भएको घैटो फुटाउने खेलमा कक्षा ७ का आरभ बस्याल सफल भएको प्रतियोगिता संयोजक सीता गौतमले जानकारी दिनुभयो ।६२ आंै वार्षिकोत्सवको अवसरमा विद्यालयले साताव्यापी रचनात्मक कार्यक्रम अन्तरगत फागुन २ गते रक्तदान कार्यक्रम राखेको छ भने ३ गते पुरस्कार वितरण र ४ गते पूर्व मन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा वार्षिकोत्सवको मुल समारोह हुने विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले जानकारी दिनुभयो ।


			







 				