सर्वोच्चले संसद् विघटन सदर गरे देशमा अराजकता भित्रिन्छ : पौडेल

प्रकाशित मिति:

काठमाडौं, माघ ३० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्चले प्रतिनिधिसभा विघटनलाई सदर गरे देशमा अराजकता भित्रिने विश्लेषण गरेका छन् । उनले प्रधानमन्त्रीले मनलाग्दी संसद् विघटन गर्ने चलन सुरु भई देशमा अराजकता भित्रिने विश्लेषण गरेका हुन् ।

उनले भने, ‘सर्वोच्चले प्रतिनिधिसभा विघटनलाई सदर गरे दुई किसिमका परिणाम देखिन्छन् । एक, यस्तो बेला चुनाव हुने सम्भावना छैन । दुई– प्रधानमन्त्रीलाई झोक चलेपछि संसद विघटन गर्ने चलन बस्छ । यसले देशलाई अस्थिरतातर्फ धकेल्छ ।’

पौडेलले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताए । उनले भने, ‘संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकारी दिएको छैन । यो असंवैधानिक कदम हो ।’ उनले प्रधानमन्त्री र राष्ट्रपतिले संविधान नमाने पनि अदालतले संविधान मान्नुपर्ने बताए ।