कमला पाण्डे- नेपाल ट्रेड युनियन तिलोततमाले तिलोत्तमा वडा नं १३र वडा नं १४ मा ट्रेड युनियन गठन गरिएको छ।
सो अबसर मा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य बाल कृष्ण खाणले आफ्नै पार्टी बाट लखेटिएका कम्युनिष्टका साथिहरुलाई अहिलेको दुनिया अहिलेको राज जनताको हो कम्युनिष्टको हैन।
उहाले भन्नु भयो उहाले नस्पति र आपलाई उदाहरण दिदै भन्नु भयो फलफुल त फलफुल नै हो तर स्वादमा फरक भए झै नेपाली कांग्रेस र कम्युनिष्टमा स्वाद फरकको उदाहरण दिनु भयो।जनतालाई मालिक मान्ने पार्टी नेपाली कांग्रेस हो तर कम्युनिष्टहरु संविधान मा मेरो सरकार भन्ने नलेखिएता पनि प्रधानमन्त्री र राष्टपतिले मेरो सरकार भनेको छानि बुझि सुविचारी ढंगले भएको आरोप लगाउनु भयो। मुलुकको राष्टिय राजनीतिक मा केपि ओलिलाई साथ दिनु भनेको हजारौ जनताले वलिदान दिनु हो सोचेर बचेर राजनीतिमा लाग्न नागरिक लाई आग्रह गर्नु भयो। जनताको विस्वास गुमाएको कम्युनिष्ट सरकारप्रति नेपाली जनता आत्तिएका छन। काम चलाउ सरकारले दिर्घकालिन खालको कुनै निर्णय गर्न पाउदैन ।के पि ओलिलाई लम्याउनु भनेको फेरि देश निरङ्कुसता तर्ल धकेल्नु हो खाणले भन्नु भयो।
वडा नं १४ मा नेपाल ट्रेड युनियनमा यम बहादुर अध्यक्ष ,विष्णु पाण्डे उपाध्यक्ष ,सुकमाया गुरुङ महिला उपाध्यक्ष ,वलिराम सावकोटा सचिव,कृष्ण केवट कोषाध्यक्ष ,विकास परिवार ,राजु हरिजन,सावित्री थापा,हिरा बहादुर थापा र मनोज चौधरी कार्यसमिति चयन हुनुभएको छ।भने यस्तै वडा नं १३ मा कृष्ण वस्याल अध्यक्ष ,नरेन्द्र राना उपाध्यक्ष , सरस्वती भट्टराई महिला उपाध्यक्ष ,हेमा भण्डरी सचिव,किरन राना सह सचिव, सुर्य थारु कोषाध्यक्ष ,किसोर कुमाल ,बासुदेब कुमाल,पुजा गुरुङ र प्रतिक्षा बस्याल लगाएको कार्यसमिति रहनु भएको छ।सो कार्यक्रममा नेपाली कांग्रेस पुर्व सभापति राम चन्द्र ढकाल,प्रदेश संसद रमा अर्याल,महासमिति सदस्य देवि चौधरी,क्षेत्रीय सभापति लक्ष्युमण सुवेदी नगर सभापति हरिलाल पाण्डे वडा नं १३ का सभापति नारायण ढकाल लगाएत ले शुभकामना दिनु भएको थियो ट्रेड युनियन तिलोत्तमाका सभापति भरत भुषालको अध्यक्षतामा भएको कार्यक्रम नगर सचिव राजकुमार वाग्लेले संचालन गर्नु भएको थियो। सो गठन कार्यक्रममा तिलोत्तमा वडा नं १३ र १४ का २५० जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन । कम्युनिष्ट सरकारको तानासाहि प्रक्रिया बाट नागरिकले दुख पाएको हत्या हिंसा बलात्कार यो कम्युनिष्ट सरकारको प्रवृर्तिले बढेको हुदा नेपाली कांग्रेस पुरानो पार्टी जनताको रक्षा गर्ने हुदा नेपाली कांग्रेसमा प्रवेश गरेको कम्युनिष्ट छोडेर नेपाली कांग्रेस मा प्रवेश गर्ने सदस्यहरुले बताए। यसै क्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बाल कृष्ण खाणबाट टिका लगाई प्रवेश गरेका थिए ।












