सर्वोच्चप्रति आभारी छौं : नेपाल, प्रतिगमनकारीसँग सहकार्य हुँदैन : प्रचण्ड

प्रकाशित मिति:

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुषपकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले जनताको जित भएको टिप्पणी गरेका छन् । भरतपुरमा बुधबार आयोजना हुन लागेको जनसभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्षद्वय प्रचण्ड र नेपालले अदालतको फैसलाबाट नेपाली जनताको जित भएको बताएका हुन् । फैसलापछि प्रचण्डले प्रतिक्रिया दिँदै भनेका छन्, ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित भएको छ’। सर्वोच्च अदालतले सही फैसला गरेको जनाउँदै उनले नेपाली जनतालाई बधाई दिएका छन् । प्रचण्डल अब राजनीतिक दलहरू बीच सहकार्य र एकताका साथ अघि बढ्ने बताए तर, प्रतिगमनकारीहरूसँग सहकार्य नहुने उनले स्पष्ट पारे । ?कउबलसश्रयसैगरी अर्का अध्यक्ष नेपालले अदालतले संविधानको रक्षा गरेकोमा सर्वोच्चप्रति आभार व्यक्त गरेका छन् ।