विश्व जल दिवस मनाइयो

प्रकाशित मिति:

सोमबार विश्व जल दिवस । मार्च २२ को दिनलाई विश्व जल दिवसको रुपमा नवलपरासी सहित देशैभर मनाइएको छ । यसैबीच, पानी नै जिवन हो, पानीलाई महत्व दिउँ भन्ने नाराका साथ २९ औँ विश्व पानी दिवस सोमबार नवलपरासीको परासीमा मनाइएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल पश्चिम नवलपरासीको आयोजना तथा वास पत्रकार समुहको सह आयोजना र जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको सहकार्यमा सरोकारवाला बीच अन्र्तकृयात्मक कार्यक्रम गरि सो दिवस मनाइएको हो । महासंघका जिल्ला अध्यक्ष राज कमाुर श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिव शंकर रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा महासंघका केन्द्रिय सदस्य एवं प्रदेश समयोजक थान प्रसाद गैरे, प्रमुख जिल्ला अधिकारी सागर मणि पाठक, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्ण प्रसाद पोखरेल, भुमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष विमला अर्याल, केन्द्रिय सिचाई महांसघका केन्द्रिय सदस्य हैदर अलि मुमिन, उपभोक्ता हित सरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य रामजी ज्ञवली, बेल्हानी खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष बृहस्पति अधिकारी, बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका ब्यवस्थापक विष्नु कुमार भुषाल लगाएतले पानीको महत्व, सरक्षण र प्रयोगका बारेमा आ आफ्नो धारणा राख्नुभएको थियो । वास पत्रकार समु्हका जिल्ला अध्यक्ष मोहन पौडेलको स्वागत मन्तब्य रहेको कार्यकमको सञ्चालन जिल्ला महासंघका सचिव देवीदत्त सापकोटाले गर्नुभएको थियो ।

त्यस्तै, २९ औँ पानी दिवस भब्य रुपमा सफल पारौँ भन्ने अभियानका साथ अधेंरी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति सुनवल ११ भडरीले आफ्ना उपभोक्ताहरुलाई सामुहिक रुपमा डस्बिन वितरण गरेको छ । समितिका अध्यक्ष राज कुमार श्रेष्ठको अध्यक्षता तथा समाजसेवी सन्तोष विक्रम शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा भतौडी र फरौलीका १० घर बराबर एक डस्विन र टोल टोलमा तथा फोहोर सम्भावित क्षेत्रमा गरि ३० डस्विन वितरण गरिएको हो । सो अवसरमा स्थानियबासी? समितिका पदाधिकारी लागएतको उपस्थिती रहेको कार्यक्रममा लेखा समितिका टेकराज पाण्डे लगाएतले पानीको महत्व र सरसफाईको बारेमा मन्तब्य राख्नुभएको समाजसेवी कमल गैरेले जानकारी दिनुभएको छ । समितिका वरिष्ट उपाध्यक्ष जय बहादुर थापाको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्र विक्रम शाहलेृ गर्नुभएको थियो । अव्यवस्थित विकास निर्माणका कारण भविष्यमा पानीको संकट पर्न सक्ने भन्दै यस बारे सचेतना जगाउन सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र संघको भेलाले जल दिवस मनाउने घोषणा गरेको थियो । त्यस पछि सन् १९९३ देखि यो दिवस मनाउन थालिएको हो । विभिन्न अध्ययनका अनुसार पृथ्वीको झण्डै तीन चौथाई हिस्सा पानीले भरिएको छ । तर, यसमध्ये तीन प्रतिशत मात्रै पानी पिउन योग्य छ । विश्वमा पिउने पानीको समान वितरणमा चुनौती थपिदै गएको छ । विश्वकै जलस्रोतमा दोस्रो धनी देश भनिए पनि नेपालमा पिउने पानीको अभाव छ । पानीका मुहान र स्रोतको संरक्षण नहुँदा समस्या बढ्दो छ । बढ्दो शहरीकरणका कारण केन्द्रीय राजधानी काठमाण्डौ उपत्यकामा नै पानीको अभाव छ । यस्तै, जलवायु परिवर्तनको असरले हिमाल पग्लिन थालेकोले पनि यसको संरक्षणमा चुनौती बढेको छ ।

थप समाचार