स्याङ्जा गल्याङको हुलाक डाडा आन्तरिक पर्यट्कको रोजाइमा

प्रकाशित मिति:

सविना थापा मगर- २०७७ चैत्र१२, स्याङ्जाको गल्याङ् नगरपालिका २ गराङ्डीमा रहेको हुलाक डाडा यति बेला आन्तरिक पर्यट्कको रोजाइको स्थान बनेको छ । त्यस स्थानबाट स्याङ्जा तथा पाल्पाका विभिन्न रमणीय स्थान, गण्डकीको आकर्षक दृश्य देखिने भएकाले घुम्न आउनेको संख्यामा बृद्धि भएको हो ।

साथीभाईसँगको रमाइलो भेटघाट तथा बनभोजका लागि र मनोरम दृश्य देखिने भएकाले मानिहरु घुम्न जाने गरेको स्थानियले बताएका छन् । उक्त स्थानमा सजिलै यातायातका साधन पुग्ने भएकाले पनि दैनिक रुपमा घुम्न जानेको संख्यामा बृद्धि भएको छ ।सो स्थानलाई पर्यटकीय स्थलका रूपमा चिनाउनको लागि विभिन्न प्रयास भई रहेको छ ।

पछिल्लो समय कोभिड १९ को कारण पर्यटकको संख्यामा कमि आएता पनि अहिले भने आन्तरिक तथा बाह पर्यटकको संख्यामा बृद्धि भएको छ । जसले गर्दा उक्त क्षेत्र पर्यटकीय स्थलको रुपमा चिनिन सफल भएको छ ।