पाण्डेकाे मिनि चलचित्र ” दशैंको चटारो ” आज बजारमा

प्रकाशित मिति:

बुटवल १४,
मिलन पंगेनी ।

हिन्दुहरुको महान चाड बिजयादशमि यानकि दशैं ठुलै उत्सबचाडको रुपमा लिइन्छ ।

नेपालि समाजमा धुमधामसंग मनाइने यो चाडको निकै महत्व पनि छ । दशैको समयमा विभिन्न चलचित्र निर्माताहरुले दशैं विशेष चलचित्र निमार्ण गर्दछन । त्यस्तै चलचित्र निर्माता नबिन पान्डेले पनि यस बर्ष मिनि चलचित्र ” दशैंको चटारो ” सार्बजनिक गरेका छन । दशैं जस्तो उत्सब पर्वमा सबै नेपालीहरु माझ शुभकामना दिदै उनले यो चलचित्र निर्माण गरेका हुन । चलचित्रमा अजय भुसाल , शारदा भुसाल , ललिता भुसाल र सन्जय पन्थि लगायतको भुमिका छ ।

मिनि चलचित्र होलिमा उनले नेपाली समाजमा होलि पर्वमा हुने बिकृतिलाइ दर्शाएका थिए ।

यसअघि पनि पान्डेले थुप्रै मिनि चलचित्र निर्माण गरेका थिए । उनि एक लेखक , निर्देशक र निर्माता हुन । मिनि चलचित्रलाइ पनि नाैलाे निखारता प्रदान गर्ने उनको प्रमुख उदेश्य पनि हो । चलचित्र ” दशैको चटारो ” सिमित स्रोतका बाबजुत पनि उत्कृष्ट बनेको निर्देशक पान्डेले बताए । चलचित्र युटुबमा रहेको सन्दीप नेपाल च्यानल मार्फत सर्बजनिक गरिको छ !