विपि विचार समाजको अध्यक्षमा खड्का

प्रकाशित मिति:

स्याङ्जा—१४, चैत्र- नेपाली काँग्रेसका संस्थापक नेता विश्वश्वर कोइरालाको नाम बाट गठित विपि विचार समाज स्याङ्जाको अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले कमलबहादुर खड्कालाई अध्यक्षमा चयन गरेको छ । नेपाली काँग्रेस स्याङ्जाका नेता भोजराज अर्याल अध्यक्ष रहेर स्थापना गरिएको समाजको उपाध्यक्षमा रहेका खड्कालाई अध्यक्षमा चयन गरेको हो । समाजको उपाध्यक्षमा गोपाल प्रसाद ढकाल, सचिवमा खगेनद्र प्रसाद अर्याल, सह—सचिवमा केशर बहादुर खाँण(ध्रुव) र कोषाध्यक्षमा देवी अर्याल चयन भएका छन् ।

त्यसै गरी सदस्यहरुमा हरिहर पाण्डे, शालिकग्राम न्यौपाने, गितानाथ खनाल, सिता गैहे्र, शान्ता थापा रहेका छन् । अन्य सदस्यहरु जिल्ला कार्य समितिले थप गर्ने गरी अधिवेसन सम्पन्न भएको समाजका पुर्व अध्यक्ष भोजराज अर्यालले बताए । अधिवेसनले चैत्र २१ र २२ गते हुने राष्ट्रिय भेलाका लागि ४ सदस्य केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ । कमलबहादुर खड्का, गोपाल ढकाल, देवीप्रसाद अर्याल र देवी अर्याललाई केन्द्रीय प्रतिनिधिमा चयन भएको समाजका सचिव खगेन्द्र अर्यालले जानकारी दिए । अधिवेसनको भेलालाई सम्वोधन गर्दै पुर्व अध्यक्ष भोजराज अर्यालले विपिको सिद्धान्त र प्रजातान्त्रिक विचारलाई गाँउ गाँउमा पु¥याउने उदेश्यले यो समाजको गठन भएको बताए ।

काँग्रेसले विपिको विचारलाई अगाल्न नसक्दा पछिल्लो समय पार्टी कमजोर बन्दै गुट—उपगुटमा जेलिएको आरोप अर्यालको थियो । अधिवेसन भेलाले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथापुर्व मन्त्री नविन्द्र राज जोशीको निधन भएकोमा शोक प्रस्ताव सहित मौनधारण गरिएको थियो । काँग्रेसले एक कुशल संगठनकर्ता, त्यागी र निष्ठावान नेता गुमाएको भन्दै समाजले काँग्रेसलाई जोशीको निधनले ठुलो क्षती भएको जनाएको छ ।

थप समाचार