बुटवल कालिका क्याम्पसमा यस क्षेत्रमा सामुदायिक क्याम्पसमा पहिलो पटक त्रिभुवन विश्व विद्यालय बाट सम्बन्धन प्राप्त गरी ब्याच्लर ईन कम्प्युटर एप्लीकेशन(बिसीए) को पढाई सुरु भएको छ । विसीए कक्षाको विहिबार औपचारिक रुपमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले शुभरम्भ गरे । कार्यक्रममा बोल्दै मेयर सुवेदीले बुटवलका सबै विद्यालयहरुमा एकै प्रकृतिको शिक्षा प्रदान गर्ने गरी दिर्घकालिन गुरुयोजना बनाएर अगाडी बढ्नलागेको बताएका थिए । उनले कक्षा १२ पछि प्रत्येक विद्यार्थीले आय आर्जन गर्न सक्ने गरी शिक्षालाई व्यवाहारमुखि बनाउदै लैजाने योजना नगरले बनाएको बताए । उनले बुटवल कालिका क्याम्पसमा २१ औ शताब्दी सुहाउदो प्राविधिक शिक्षा सुभारम्भ गरेर आफैमा गौरवपुर्ण काम गरेको बताएका थिए ।
कार्यक्रममा बोल्दै बुटवल कालिका क्याम्पसका प्राचार्य घनश्याम पाठकले पछिल्लो समयमा रोजगार मैत्री कम्प्युर विषयमा अध्ययान गराउन पाउँदा आफैमा गौरव लागेको बताए । उनले कालिका क्याम्पस लाई समुदायिक नमुना क्याम्पस मात्र नभएर विश्व विद्यालयकै स्तरमा अगाडी बढाउने गरी दिर्घकालिन योजना बनाएको बताएका थिए । उनले भने–‘निम्न आय स्तर भएका अभिभावका छोराछोरीहरुको लागि एउटा विश्व विद्यालयको रुपमा कालिकालाई खडा गर्ने योजनामा लागेका छौ । ’ अहिले क्याम्पस तर्फ विविएस चार बर्षे कोर्स कालिकाले सञ्चालन गर्दै आएको छ भने यस बर्ष देखि विसीएमा पनि कक्षा सुभारम्भ गरेको हो ।
बुटवलकालिका क्याम्पस विविएस संयोजक तथा कालिका मानवज्ञान माविका सहायक प्रध्यानध्यापक दिनेश थापाका अनुसार कक्षा १ देखि १२ सम्म नेपाली र अग्रेजी माध्यमा अध्यायपन हुदै आएको छ । क्याम्पसको विविएसमा अहिले ४ सय ८० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् भने विसीएमा त्रिभुवन विश्व विद्यालयको निर्धारित कोटा अनुसार ३५ जना विद्यार्थी हाल भर्ना भएका हुन । ८ वटा सेमेष्टर प्रणालीमा सकिने विसिए कोर्ष एक सेमेष्टरको ४० हजारका दरले कुल ३ लाख २० हजार रुपैयाँमा विसीए कोष पुरा हुने विविएस संयोजक थापाले जानकारी दिए । कार्यक्रमा बोल्दै कालिका मानवज्ञान मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहदादुर गलामीले सबैको साथ र सहयोगले कालिमा मानवज्ञान नमुना बन्दै गएको बताएका थिए । यस्तै कार्यक्रममा बुटवल कालिका क्याम्पस क्याम्पस सभा सदस्य प्रध्यापक आनन्दमान शाक्य, अर्का प्रध्यापक रामलाल श्रेष्ठ, बुटवल कालिका क्याम्पस सञ्चालक समिति अध्यक्ष रामचन्द्र खनाल क्षेत्री, विद्यार्थी प्रशन्न पौडेल लगायतले बालेका थिए ।












