आज द्विपुष्कर योग, पञ्चाङ्ग सहित हेर्नुहोस् मंसिर ९ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको ९ गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मंसिर कृष्णपक्षको द्वितीया तिथि विहान ८।५९ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मृगशिरा नक्षत्र बेलुका ४।३७ बजेसम्म रहनेछ । आज सिद्धि योग वणिज करण रहेको छ । आज सूर्योदय ६।३३ मा छ भने सूर्यास्त बेलुका ५।७ बजे हुनेछ । आज चन्द्रमा मिथुन राशिमा छन् । आज द्विपुष्कर योग परेको छ । साथै आज आइतबार राता वस्तुको प्रयोगसँगै सूर्य भगवान्को उपासना शुभ रहनेछ । उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् harekpal bata