एमाले कार्यदलको बैठक बस्दै

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज बस्दैछ । दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्न लागेको कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलको यो पहिलो बैठक हो ।

जेठ २ गते गठित कार्यदलमा १० सदस्य छन् । कार्यदलमा अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक छन् भने बरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् ।

२ जेठ २०७५ को एमाले संरचना, विधान र नेतृत्व अनुसार जाने सहमति जुटेपछि कार्यदल गठन भएको छ ।