विभाजनबाट जोगिएको जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

प्रकाशित मिति:

काठमाडौं । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीले आन्तरिक सहमतिपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

देशको वर्तमान परिस्थितिमा विभिन्न विषयमा विचार-विमर्श गरी निष्कर्षमा पुग्नुपर्ने भएको हुँदा बैठक राखिएको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ।

जेठ ८ र ९ गते पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजेदेखि हुनेछ।