रूपन्देहीमा २४ घण्टामा ५ जनाको मृत्यु,३६१ संक्रमित थपिए

प्रकाशित मिति:

रूपन्देहीमा पछिल्लोे २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा ३६१ संक्रमित थपिएका छन् ।थप ५ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३६७ पुगेको छ ।रुपन्देहीमा ८८८ जनाको कोरोना परीक्षण गर्दा ३२१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

बुटवल उपमहानगरमा सबैभन्दा धेरै १४१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि तिलोत्तमामा १०३ जना, सिद्धार्थनगरमा ३६ जना, देवदहमा ३३ जना र सैनामैनामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कंचन र गैडहवामा २-२ जना ,शुद्धोधनमा ५ जना, रोहिणी,कोटहीमाई र मायादेवीमा १-१ जनागरी ३ जना संक्रमित थपिएका छन् ।

जिल्लाभरमा ६२४३ जना संक्रिय संक्रमित छन् ।

थप समाचार