ईलाम । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोङ गाउँपालिका-१ जुरे बस्ने ३० वर्षीय तिलक बहादुर खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
खड्काले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित ढुङगाना टी स्टेट चियाबारीमा लगि सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आईतबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।












