रुपन्देहीका पत्रकार चौधरीको निधनप्रति महासंघ लुम्बिनी प्रदेशद्धारा शोक व्यक्त
बुटवल । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले रुपन्देहीका पत्रकार तथा महासंघका साधारण सदस्य हिक्मत चौधरीको निधनप्रति शोक व्यक्त गरेको छ । ६० वर्षको उमेरमा कोभिड– १९ का कारण कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा बुधबार विहान भएको निधनले महासंघलाई स्तब्ध एवं मर्माहत बनाएको महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्काद्धारा जारी शोक विज्ञप्तीमा उल्लेख छ ।
साथै दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेका छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ का वासिन्दा स्वर्गीय चौधरीका श्रीमती,दुई छोरा र चार छोरी छन् । उनंले झण्डै १५ वर्ष रेडियो लुम्बिनीमा काम गरेका थिए । ईमान्दार तथा निष्ठावान पत्रकार चौधरीको निधनले लुम्बिनी प्रदेशले एक कुशल र अनुभवी रेडियोर्की पत्रकार गुमाएको महसुस भएको विज्ञप्तीमा उल्लेख छ ।













