प्रधानमन्त्री र शिक्षामन्त्रीलाई कारबाही माग गर्दै कांग्रेसले दियो निर्वाचन आयोगमा उजुरी

प्रकाशित मिति:

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ ।

काँग्रेस संसदीय दल कार्यसमितिको बुधबारको बैठकको  निर्णय अनुसार विहीबार विहान निर्वाचन आयोगमा काँग्रेसले उजुरी दर्ता गराएको हो ।

‘निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (९५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ,’ उजुरीमा भनिएको छ ।

थप समाचार