काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ ।
गएराति नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।












