अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थपिए ५५ कोरोना संक्रमित, ३८ जना डिस्चार्ज

प्रकाशित मिति:

बुटवल । अर्घाखाँचीमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न पालिकाहरुमा गरि ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा १० जना, भुमिकास्थान नगरपालिकामा ४ जना, शितगंगा नगरपालिकामा २१, मालारानी र गाउँपालिकामा २ २ जना र छत्रदेव गाउँपालिकामा १६ जना संक्रमित थपिएका हुन् ।

यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या १,७९९ पुगेको छ । हाल ७७५ जना उपचाररत छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ३८ जना डिस्चार्ज भएका छन् । यो संगै जिल्लामा कोरोना जित्नेको संख्या ९७९ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।