कोरोना महामारीवाट जीवन रक्षा गर्न हिमालयन सिद्धमहायोगानुष्ठान

प्रकाशित मिति:

२१ सौ सताब्दीको यस घडीसम्म आधुनिक औषधि विज्ञानले गरेको विकासलाइ चुनौती दिदै संसारभर महामारीको रुपमा फैलिएको कोभिड-१९ ले प्रत्येक दिन अकालमा बढ्दो संख्यामा नेपालीहरुको ज्यान लिईरहेको छ। बिगतमा हाम्रा पिता-पुर्खाहरुले पनि कोरोना जस्ता महामारीवाट जनमानसलाई बचाउन पूर्विय दर्शनमा आधारित वेदिक पद्दति अनुसारको आहार–विहार, योगासन, प्राणायाम र सकारात्मक चिन्तन सहित गरिने अनुष्ठानको सहारा लिई अनुष्ठानीहरुमा प्रतिरोधात्मक क्षमाताको विकास गराएर यस्ता भाइरससंग लड्न योग्य बनाउने गर्दथे भन्ने विषयमा यथेष्ठ प्रमाणहरु पाइन्छन ।

हाल नेपालले भोगिरहनु परेको कोरोनाको महामारीवाट आजसम्म कोरोनाको संक्रमणबाट बच्न सफल महानुभावहरुलाई कोरोना लाग्नवाट बचाउन र केहि गरि संक्रमण भैहाले संक्रमितको जीवन रक्षा गर्न विश्व स्वास्थ्य संगठनको निर्देशन पालन गर्दै र नेपाल सरकारको लक्डाउन नीतिलाई अबलम्बन गर्दै जगदगुरु महायोगी सिद्धबाबाको सत्संकल्प र आव्हानमा जगदगुरु रामानन्दाचार्य सेवा पिठ चतराधाम, सुनसरीले हाम्रा पूर्खाले अपनाउने गरेको पूर्विय दर्शनमा आधारित त्यहि वेदिक पद्दति अनुसारको १५ दिने हिमालयन सिद्धमहायोगानुष्ठानको आयोजना गर्दै छ। यो अनुष्ठानको मुख्य उद्धेश्य सम्पूर्ण नेपालीहरुका लागि स्वास्थ्यवर्धक दिनचर्य, भोजनचर्य र योगाचरणको अबलम्बन गराई व्यक्तिको सर्बाङ्गिण विकासका लागि चाहिने स्वस्थ शरीर, स्वस्थ एवं शान्त मन, स्वस्थ एवं शान्त चित्त र आत्मिक प्रशन्नता कायम गराउन र अनुष्ठानीहरुको शरीरमा कोरोना भाइरसको संक्रमणसंग लड्न सक्ने प्रतिरोधात्मक क्षमाताको विकास गराई जीवन रक्षा गर्नमा सहयोग पुर्याउनु रहेको छ ।

जगदगुरु महायोगी सिद्धबाबाका अनुसार जजस्ले यो अनुष्ठान सिकाइएको बिधिलाइ राम्ररी अनुसरण गरेर गर्न सक्नुहुन्छ, वहाहरुको जीवन कोरोनावाट रक्षा हुने कुरामा दुई मत छैन।तसर्थ यो अनुष्ठानको उद्देश्य के हो? यो अनुष्ठानमा के के गरिन्छ? अनुष्ठानका लागि सहभागीले पालन गर्नु पर्ने अनिबार्य नियमहरु के के हुन् ? अनुष्ठानमा प्रयोग हुने सामाग्रीहरु के के हुन् ?यो अनुष्ठानको लागि अपनाउनु पर्ने साबधानी के हो र यो अनुष्ठानको लागि ध्यान दिनु पर्ने थप कुरा र २ हप्ता सम्म दैनिक के के गर्नु पर्छ भन्ने बारे थाहा पाउन http://www.psmyoga.ca/anusthanमा हेर्नु हुने छ।स्मरण रहोस, यो अनुष्ठान बारे हामीलाई सिकाउन नेपालको समय अनुसार प्रत्येक दिन बिहानको ५-७ बजे र बेलुकाको ७-९ बजे जगदगुरु महायोगी सिद्धबाबा लाइभ आउनु हुने छ। यो अनुष्ठानमा सहभागी हुन इच्छुक महानुभावहरुले वहाबाट निर्देशित बिधि सिकाइए झैँ नै अपनाउनु पर्ने छ ।त्यसैले यो निशुल्क अनुष्ठानमा सहभागी भै कोरोनाको यो महामारीबाट आफू पनि बच्न र अरुलाई पनि बचाउँन सहयोग गरौ । श्रोत: जगदगुरु रामानन्दाचार्य सेवा पिठ चतराधाम, सुनसरी तथा महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान –