साहित्यकार बानिरा गिरीको निधन

प्रकाशित मिति:

काठमाडौं । नेपाली उपन्यास, निबन्ध र कविता लेखनमा उल्लेखनीय योगदान पुर्याउने साहित्यकार डा. वानिरा गिरीको निधन भएको छ । आइतबार राति १० बजे ७५ वर्षको उमेरमा गिरीको निधन भएको पारिवारिक स्रोतले बताएको छ।

विगत लामो समयदेखि मधुमेह र अल्जाइमरबाट पीडित डा. गिरीलाई उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको आधा घण्टामा वानिरा फाउण्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

डा।वानिरा गिरीको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । तत्कालीन राजा महेन्द्रद्वारा प्रदान गरिएको छात्रवृत्तिमा २०२२ सालमा एमए पढ्न उनी काठमाडौँ आएकी थिइन् । २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेसामा आवद्ध वानिरा गिरी नेपाली भाषासाहित्यमा पीएचडी गर्ने प्रथम महिला थिइन् । उनले २०४२ सालमा पीएचडी गरेकी थिइन् ।

उनका भारतको खर्स्याङ, दार्जिलिङमा जन्मेकी उनका कारागार र निर्बन्ध उपन्यास चर्चित छन्। डा. गिरीका कविता, निबन्ध र उपन्यास गरेर १४ वटा कृति प्रकाशित छन् ।

थप समाचार