‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ अभियानमा’ शान्ति समाज

प्रकाशित मिति:

बुटवल । कोरोना संक्रमणको महामारी बढ्दै गएपछि मानव अधिकार तथा शान्ति समाजले ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान चलाएको छ । अक्सिजनको अभावमा विरामीले ज्यान गुमाउनुपर्ने परिस्थिती सिर्जना भएपछि उक्त अभियान चलाएको समाजले जनाएको छ ।

निषेधाज्ञा जारी रहेको अवस्थामा समाजद्वारा अक्सिजन भरिएका १० थान ठुला सिलिन्डर संकलन गरी लुम्बिनी प्रदेशका स्वास्थमन्त्री भोजप्रसाद श्रेष्ठलाई प्रदान गर्दै यो अभियान सुरु गरेको समाजका सभापति गोविन्द खनालले बताए  ।

समाजका पदाधिकारीहरुद्वारा गत अक्सिजन भरिएका १० थान ठुला सिलिन्डर मन्त्रालय मार्फत अत्यावश्यक बिरामीका लागि कोभिड अस्पतालमा वितरण गरिने समाजका रुपन्देही सभापति डिपि खनालले बताए ।

समाजले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल तथा कोरोना बिशेष अस्पतालका फोकल पर्सन डा. नन्दु पाठक संग अस्पतालमा बिरामीको अबस्थाको बारेमा छलफल समेत गरेको समाजका रुपन्देही सचिव कपिल ज्ञवालीले जानकारी दिए ।

थप समाचार