ऐतिहासिक साइटहरुको अध्यन गर्दै नवीन औधोगिक कदर बहादुर रीता माध्यमिक विद्यालयका विद्यार्थीहरु
मधुसूदन नेपाल – बुटवलको देविनगर स्थिति सामुदायक विद्यालय नवीन औधोगिक कदर बहादुर रीता माध्यमिक विद्यालयले विद्यार्थीहरुलाइ दैनिक नयाँ नयाँ क्रियाकलाप साथ अध्यन गराउदै आइरहेको छ । पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसको कारण विद्यालय बन्द भए पनि विद्यार्थीहरुको सिकाइ निरन्तरताको साथ अगाडी बढेको छ।
विद्यालयको कक्षा पाँचका सम्पूर्ण विद्यार्थीहरुले आफ्नो सामुदायक साथै आफ्नो नगरपालिका भित्र रहेको विभिन्न ऐतिहासिक साइटहरुको अध्यन गर्दै उक्त ठाउँहरुमा भ्रमण गरेका छन ।विद्यालयले यस अगाडि अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (ISA) योजना सम्बन्धित रहि विभिन्न कार्यक्रमहरु गरिरको छ । यसै बीच उक्त योजनामा केन्द्रितरहि फेरि ऐतिहासिक साइट नामक कार्यक्रम सुरु गरेको छ। बुटवल उप-नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम अन्तरगत पनि जितगणि किलालाइ संरक्षण देखि लिएर सम्पूर्ण महत्त्व बारे बुझाउनको निम्ति विद्यालयले कक्षा पाँचका १२० जना भन्दा बढी विद्यार्थीहरुलाई विद्यालयले आफ्नै विद्यालयको आफ्नै पाठ्यक्रम निर्माण गरि अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (ISA) सम्बन्धित रहि काम गरिरहेको छ ।

उक्त योजानामा शिक्षक अस्मिता मरासिनी ,युवराज पाण्डे , सीता पराजुली र सविना भण्डारी लाई लिएर योजना संयोजक शिक्षक आशिष लामिछानेले गर्नु भएको छ । “यो योजानामा विद्यालयको कक्षा पाँचमा अध्यन गर्ने विद्यार्थीहरुले सबैभन्दा पहिले कक्षा कोठामा आफ्नो सामुदायिक अगाडि रहेको ऐतिहासिक स्थलहरु बारे काजजी रुपमा अध्यन गर्दछन । साथै उक्त आयोजनामा कोभिडले विद्यार्थीहरुको सिकाइमा केही अबरुद्ध आएपनी पहिलो चरणको लकडाउनमा अन्लाईन बाटै निरन्तर दिएको र बिचको केही महिना पुन विद्यालयमा आएर गरे भने फेरि सरकारले गरेको दोस्रो पटक लकडाउन सुरु भए लगत्तै पुन अन्लाईन बाटै योजना अगाडि बढाएको” योजाना संयोजक लामिछानेले बताए । उनले भने अनुसार विद्यार्थीहरुलाई उप-महानगरपालिका रहेको ऐतिहासिक ठाउँहरु भ्रमण गरि उक्त ऐतिहासिक ठाउँको बारेमा विद्यार्थीहरे सम्पूर्ण जानकारी लिगि आफ्नो कापिमा लेख्न लगाएको पनि जानकारी दिए ।

विद्यार्थी भन्छन् ” पछिल्लोपटकको लकडाउनले गर्दा हामीलाई केही असहज भएको छ। हामिले अजै अन्य ठाउँको मणमन्दिरहरु र विभिन्न ठाउँहरुमा भ्रमणजाने योजना अन्तरगत थियो त्यो हुन सकेन तर पनि हाम्रो योजना अगाडि लग्नको निम्ति हाम्रै सामुदायिक नजिकै रहेको मणमन्दिरहरुमा गहि त्यहाको बारेमा जानकारी लिगि रहेको र त्यसै हिसाबले हामिले विभिन्न किसिमको माटोको सहयोगले ऐतिहासिक ठाउँ , मणमन्दिरहरुको नमुना बनाएको छौ । बनाउने क्रममा हामीलाई हाम्रो अभिभावकको पनि सहयोग गरेको बताए । उहाँहरुले हामीलाई पनि केही सिक्ने अवसर पाएको पनि खुल्लासा गर्नु भएको छ।

यस योजना विद्यालयमा मात्रै नभई हामीले दुई देश बिच सहकर्मी गरेको छौ । जस्मा हामी पाकिस्तान रहेको Beacon House Garden Town Campus Lahore,Pakistanसँगै मिलेर ऐतिहासिक साइट योजना बारेमा छलफल गरेका छौ ,जस्मा हामिले आफ्नो देशमा रहेको ऐतिहासिक ठाउँ , मणमन्दिरहरुको बरेमा पाकिस्तानि विद्यार्थीहरुलाइ बताउने र उहाँहरुले हामीलाई त्यहाँको बारेमा जानकारी दिने भएक छ ।

यस भन्दा अगाडि विद्यालयले यसै योजनाहरु अन्तरगत सफलता पाएको थियो र अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (ISA AWARD 2017-2019) बाट पुरस्कृत भएको थियो।











