आफ्नै पार्टीबाट विश्वास गुमाएका निरंकुश शासक हुन् ओली : प्रोफेसर डा.एसडी मुनी

प्रकाशित मिति:

नेपालको आन्तरिक राजनीतिका भारतको प्रभाव रहेको कुरा नौलो रहेन । हरेक सत्ता समिकरण र राजनैतिक परिवर्तनमा भारतको संलग्नता प्रत्यक्ष परोक्ष रुपमा महशुस गर्दै आइएको छ । पछिल्लो राजनैतिक परिवर्तनको सवालमा पनि भारतमा बहस सुरु भएको छ ।नेपाल सम्बन्धी जानकार जेएनयूका प्रोफेसर एसडी मुनी सर्वोच्चले संसद ब्युँताउनुपर्ने बताउँछन् । उनले एक भारतीय टिभी सोलाई अन्तरवार्ता दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई हातमा लिएर आफ्नो निरंकुश र असंवैधानिक छबि प्रस्तुत गर्दै आएको बताए ।

हामीले अन्तरवार्ताको संपादित अंश यहाँ राखेका छौं :

सर्वोच्चको फैसला संसद पुनस्र्थापनाको पक्षमा जानसक्छ ?

जानसक्छ कि सक्दैन तर जानुपर्छ । राष्ट्रपतिले संसद भंग गर्नु र निर्वाचनको घोषणा गर्नु संवैधानिक छैन । उनले दुई नेताले खेलेको खेललाई भेरिफाई गरिनन् । उनी प्रधानमन्त्री ओलीले जता लैजाँदैछन् , त्यतै गइरहेकी छिन् । यसलाई संविधान र सर्वोच्च अदालतले कसरी हेर्छ मैले भन्न सक्दैन तर यति भन्न सक्छु, यसले एउटा प्रश्न चिन्ह पक्कै पनि खडा गरेको छ ।

प्रधानमन्त्री ओलीले किन मध्यावधी चुनाव गराउन चाहान्छन् ? उनलाई के कुराको असुरक्षा छ ?

उनले विश्वास गुमाइसकेका छन् यो संसदले उनलाई नेता मान्दैन उनलाई असुरक्षा गराएको यही कुराले हो । उनले सत्ता छाड्न चाहदैनन् र राष्ट्रपति भण्डारीले पनि यही कुरामा साथ दिँदै आएकी छिन् । उनी ले ंसद भंग गराएर ६ महिनाका लागि प्रधानमन्त्री बनेका छन् । ६ महिनामा के समिकरण बन्द दोस्रो सवाल हो । यो ओलीको अनिश्चितताकाबीच सत्तामा रहने रणनीति हो । नेपालमा रहेका पाँच ठूला राजनैतिक समूह मध्ये ३ या ४ समूहले ओलीको निरन्तरता चाहँदैन । आफ्नो पार्टीबाटै पनि बहुमत दाबी गर्न सक्ने अवस्था छैन यस्तो अवस्थामा ओलीले के गर्न सक्छन् ? उनले संसद भंग गरेर चुनावको पासा फालेकाछन् हेरौं यसलाई नागरिकले कसरी हेर्छन । यो ओलीको आफ्नो स्वार्थ पुरा गर्ने अस्थिरताको राजनीति हो ।

उनलाई संसद भन्दा बाहिरबाट पनि असुरक्षा छ ?

यो संसदको अनिश्चितता हैन, ओलीको राजनैतिक अनिश्चितता हो । उनले प्रचण्डसँग मिलेर ठूलो पार्टी बनाएका थिए र आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । त्यो सहमतिबाट बाहिरिए, त्यसमा विरोध सुरुभयो, त्यही आक्रोश साम्य पार्न संसद विघटन गरे । संसद भंग गर्दा सबैलाई हानी हुन्छ । पाँच वर्षलाई चुनिएर आएको सजिलै फिर्ता जान चाहँदैन । यस्तो अवस्थामा सत्ता समिकरण पनि बदलिन्छ । उनले राष्ट्रपतिको साथ लिएर विघटनको अप्रिय निर्णय गर्दा संसदमा हैन विश्वास उनले पार्टीमा गुमाए ।

राष्ट्रपतिले पटक पटक किन यस्तो विवादास्पद निर्णय लिइरहेकी छिन् ?

प्रधानमन्त्रीलाई सदनको समर्थन भएको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसलाई सिधै स्वीकार गर्नु जायज हुन्छ । संसदले प्रधानमन्त्रीलाई समर्थन नगरेको अवस्थामा प्रधानमन्त्रीले गरेको कुरा राष्ट्रपतिले स्वीकार गर्नैपर्नै अवस्था रहन्न । उनले आफूलाई राष्ट्रपति बनाउन ओलीले खेलेको भूमिकाको गुन तिरिरहेकी छिन् ।

यो राजनैतिक द्वन्दले कोभिड महामारीमा असर पुग्छ ?

सरकार जिम्मेवार नदेखिए पछि असर त पर्छ नै । जनतामा कोभिडको कारण त्रास देखिएको छ , अहिले मात्र हैन भुकम्पको समयमा पनि उत्तिकै त्रास थियो यसमा सरकारले कहिले पनि उत्तरदायित्व पुरा गर्न सकेको छैन ।

यसले भारतमा के असर पार्नसक्छ ?

पक्कै पनि पर्छ । नेपालमा अस्थिरता हुँदा भारतमा र भारतमा अस्थिरता हुँदा नेपालमा पर्छ नै । आर्थिक, सास्कृतिक, सभ्यता, राजनैतिक, सामाजिक हरेक दृष्टिकोणले दुबै समाज जोडिएका छन् । एउटा खलबलीले दोहोरो असर देखापर्छ । यस्तो अस्थितरता ठिक हुँदैन । अहिले भारत सरकारले ओलीको समर्थन गरेको छ । ओलीले निरंकुशतालाई संरक्षण गरेर बसेका छन् , तिनलाई समर्थन गर्नु लोकतकन्त्र, गणतन्त्र र भारतको हित विपरित छ । अबको ६ महिना पनि भारतले नयाँ समिकरणको लागि आफ्नो भूमिका प्रस्तुत गरिरहन्छ । त्यसमा मुख्य प्राथमिकता चीनको प्रभाव कम गराउनु नै हुन्छ । किनकी ओली चीनको नजिक जाँदै छन् ओली मात्रै हैन उनलाई महशुस नहुने गरि कांग्रेस सभापति शेर बहादुर देउवा माथि पनि चीनले प्रभाव जमाउँदैछ ।

चीनले प्रभाव जमाउन खोजेको कुराको केही आधार छ ?

चीनले धेरै कोशिश गरेको छ । चीनले ओलीलाई पार्टीभित्र विवाद समाधानको लागि त्याग गर्न दवाव दिएको हो । यही अवस्थामा भागेर सत्ता निरन्तरताको लागि ओली भारततिर झुकेका हुन् । सर्वोच्चले के गर्छ हेर्न बाँकी छ तर राष्ट्रपतिको साथले ओलीको पल्लाभारी छ । पहिले ओलीले चीनको कार्ड लिएर भारतलाई सन्तुलित गराएका थिए अब भारतको कार्ड लिएर चीनसँग सन्तुलित बन्न चाहान्छन् । नेपालीको राजीतिका यो नयाँ कुरा हैन । सबै नेताले यही गर्दै आएकाछन् । भारत चीनको प्रभाव नेपालमा बढ्यो यसलाई रोक्नुपर्छ भनेर चिन्ता बढ्दै गएको देखिन्छ । ओलीजीले राजावादी र महन्थ ठाकुर लगायतका मधेसी नेतालाई लिएर फरक खालको समिकरणका साथ सरकार बनाउँछन् कि भन्ने पनि छ त्यस्तो हुन्न । राजाले चीनको प्रभाव बढाए, ओलीले चीनको प्रभाव बढाए, यिनीहरू कता जान्छन्, थाहा हुँदैन । यस्तो खेल खेल्नु अवसवादीको विषेशता नै हो । यसका भारतको परिपक्क रणनीति छैन ।

भारत कोभिडको कारण संकटमा छ, यस्तो अवस्थामा नेपालको यो समिकरण र राजनीतिमा केही गर्न सक्ने अवस्थामा छ ?( भ्याक्सिन उपलब्ध गराउने लगायतका सहयोगले प्रभाव जमाउन सक्छ ?)

म यो भारतको भ्याक्सिन रणनीति सफल हुने देख्दिन । भ्याक्सिन आवश्यक होला तर हामीलाई दीर्घकालिन चुनौती के देखापर्छ भनेर सोंचेका छैनौं । कोभिड संकट भारत आफैले समाधान गर्न सकेको छैन । फेल भइसकेको छ , यस्तो अवस्थामा दोस्रो मुलुकले कसरी भारतमाथि विस्वास राख्नसक्छ ? अस्ट्रेलिया, अमेरिका, युरोप पहिले आफ्नो देशको समस्या समाधान गरौं भनेर लागेकाछन् ।

चीनले भ्याक्सिन राजनीति गर्न सक्छ कि सक्दैन ?

चीनले भ्याक्सिन दिनसक्छ । बेचिरहेको पनि छ तर चीनको भ्याक्सिन प्रति नागरिकको विश्वास कम छ । चीनबाटै कोभिड सुरु भएकोले डर छ । त्यसकै कारण भारत, अमेरिकाको खोप खोजिरहेका छन् । नेपाललाई भारत बराबर चीनले सहयोग गर्न खोज्नु ठूलो कुरा हैन ।