काठमाडौं । मौसम खराव भएसँगै सगरमाथा क्षेत्रमा भारी हिमपात भएसँगै आरोहण दलका सबै यात्रा स्थगित भएको छ ।
हिजो रातिदेखि जारी हिमपातको कारण आधार शिविरबाट सगरमाथाको उचाइमा जाने सबै आरोहण रोकिएको छ। आरोहण गर्न सगरमाथाको शिखरतर्फ लम्केका आरोहीहरु पनि फर्किएका सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमले बताए ।
आरोहण दल क्याम्प टूमा आएर बसेको गौतमले जानकारी दिए। क्याम्प टू फर्किने आरोही र शेर्पा सहयोगी गरेर तीस जना भन्दा बढी क्याम्प टुमा आएका हुन्। अल्पाइन एशोसियसन र पीक प्रमोसन लगायतका कम्पनीबाट आरोहण गर्न गएको समूह क्याम्प टू फर्केको हो ।











