कपिलवस्तु सामुदायिक अस्पतालमा कांग्रेसका युवा नेता द्वारा स्वास्थ्य सामाग्री सहयोग
कपिलबस्तु , १३ जेष्ठ । कपिलवस्तु सामुदायिक अस्पतालकालागि सहयोगी हातहरुवाट स्वास्थ्य सामाग्री उपलब्ध हुने क्रम जारी छ । कोरोना माहामारीका समयमा पनि विरामीहरुलाई जिम्मेवार ढंगवाट उपचार गराउदै आएको कपिलवस्तु सामुदायिक अस्पतालका लागि सहयोग गर्ने क्रम चलिरहेको छ । सिमित श्रोत र साधनका विच सामुदायिक अस्पतालको योगदान र यसका संचालकहरु एवं उद्योग वाणिज्य संघका पदाधिकारी, स्थानिय जागरुक युवाहरुको अथक प्रयासले कोरोना उपचार लक्षित स्वास्थ्य सामाग्री जुटाउदै आईरहेका छ । सामुदायिक अस्पताल प्रशासन एवं संचालक समितिले विभिन्न नागरिक समाज, संस्थां एवम समुह लगायत व्यक्तिगत सहयोग कर्ता समेतसंग सहयोगको अनुरोध गर्दै सवै खालका विरामीहरुलाई जिम्ेमवार ढंग एवं सामुदायिक शव्दको मर्म अनुरुप सेवा दिने प्रतिवद्धता वमोजिम कार्य गरि रहेको डा. नविन तिरुवाले वताउका छन् ।
शुक्रवार सहयोगी हातकारुपमा नेपाली कांगेसका युवा नेता राजेश ज्ञवालीको व्यक्तिगत सहयोगमा ६ थान पिपिइ सेट,ग्लोव्स सामाग्री हस्तान्तरण गर्दै अन्य सहयोगको समेत प्रतिवद्धता गर्नु भएको छ । नेता ज्ञवालीले आफू आवद्ध रहेका विभिन्न संस्था, अन्तराष्ट्रिय संस्थाहरुसंग पहल गरी थप स्वास्थय सामाग्रीहरु जुटाउने पहल गर्ने वताउनु भएको छ । नेता ज्ञवालीले थाई विहार र अन्य संस्था मार्फत चाडैने थप सहयोग जुटाउने समेत वताउनु भएको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले सवै संघसंस्था लगायत व्यक्तिहरु समेतले सामुदायिक अस्पताललाई आफ्नो क्षेत्रको जिम्मेवार स्वास्थ्य प्रवाह केन्द्र मानी सहयोग गर्न अपिल गर्नु भएको छ । उहांले एक संजाल निर्माण गरी यस अस्पाताललाइ विकास गर्ने र भेन्टिलेटर समेतका व्यवस्था गरी उपचार गराउन पहल भै रहेको वताउनु भयो । अस्पताल संचालक समितिका माहासचिव पोम नारायण पौडेलले स्थानिय समुदायहरु सक्रिय भई अस्पतालको विकासमा लाग्नु पर्ने वताउनु भयो । उहाले नगरपालिकामा प्रस्तावना पेश गरी अस्पतालको विकास गर्न गरेको प्रयासलाइृ नजर अन्दाज गरिएको वताउनु भयो । यो समयमा सामुदायिक अस्पतालले स्थानिय नागरिकलाई पुर्याएको सहयोग आकलन गर्न स्थानिय निकाय चुकेको वताउदै सेवाभाव भएका अस्पतातका डाक्टर नविन तिरुवाको जति पशशां गरे पनि कम हुने वताउनु भयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा तरुणदलका सभापति शक्ति शिंह ठकुरी, नेविसंघ सभापति, स्थानिय समाजसेवी एव. वौद्धिक व्यक्तित्व हरि गैरै, विष्णु न्यौपाने, दिवास घिमिरे लगायतका उपस्थिति रहेका थियो ।
सामुदायिक अस्पतालको सेवा प्रवाह विकासमा स्थानिय पहल
वाणगंगा नगर क्षेत्र र जिल्लाकै लागि स्थानिय नागरिकहरुको पहलमा स्थापति कपिलवस्तु सामुदायिक अस्पताल माहामारीको समयमा निकै संवेदनशिल ढंगले हरेक व्यक्तिका लागि स्वास्थ्य सेवा प्रवाह गर्न सक्षम अस्पतालका रुपमा स्थापित भएको छ । यो माहामारीको वेला धेरै अस्पतालहरुले विरामी भर्ना नलिने गरेको अवस्थामा पनि जुन सुकै प्रकारको विरामीहरुलाई औषधी उपचार गर्दै आइ रहेको छ ।

तर स्थानिय निकायले सामुदायिक अस्पतालको विकासमा खासै ध्यान दिन सकेको भने नपाईको गुनासो आइ रहेका समाजिक अभियन्ता पोमनारायण पौडेल, डोलकराम घिमिरेको ठम्याई छ । यो वेला यस नगर क्षेत्रका वासिन्दाहरुलाई अस्पताले पुर्याइ रहेको सहयोग नगरपालिका सम्वद्ध माहानुभावहरुले अनुभव तथा अवलोकन गर्नु पर्ने वताउनु हुन्छ । स्थननिय निकायले अस्पतालको सेवालाई नजर अन्दाज गरेपनि अगुवा समाजसेवी, संघसंस्थाको पहलमा एक संजाल निर्माण गरी सामुदायिक अस्पताललाई सुविधा सम्पन्न अस्पताल वनाउने प्रण भएको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे र अस्पताल माहासचिव पोमनारायण पौडेल जानकारी गराउनु भयो । हुन पनि सिमिति श्रोत र साधन एवं अस्पतालका डाक्टर र कर्मचारीको सेवा भावले यो अस्पातालले सेवा गरी रहेको छ भने स्थानिय निकाय समय क्रमलाई चिन्न सक्नु पर्ने देखिन्छ ।












