अध्यक्षका उम्मेदवार लालबहादुर गुरुङले भने- इङ्ल्यान्ड परिषद्को गरिमालाई उचाइमा पुर्याउनेछु
लन्डन जेठ १३ । गैर आवासीय नेपाली संघ बेलायत ९एनआरएन० इङ्ल्यान्ड राज्य समन्वय परिषद्को अध्यक्ष पदका उम्मेदवार लालबहादुर गुरुङले आफू निर्वाचित भएमा इङ्ल्यान्ड परिषद्को गरिमालाई उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष पदका उम्मेदवार घोषणा गरेको एक अपील जारी गर्दै गुरुङले सबैको साथ पाएमा नेपाली समुदायका साझा समस्या र एजेन्डाको उठान गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘सबै जनाको साथ, सहयोग र प्रेरणाअनुसार नै अब एनआरएन युकेको इङ्ल्यान्ड राज्य परिषदको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेको छु । हिजोजस्तै आज र भोलि पनि यहाँहरुको साथ र हौसला रहने विश्वास व्यक्त गरेको छु,’ अपीलमा भनिएको छ, ‘अब मेरो यात्रा इङ्ल्यान्ड परिषद्को गरिमालाई उचाइमा पुर्याउनु र हाम्रा साझा समस्या र एजेण्डाको उठान गर्ने प्रतिबद्ता ब्यक्त गर्दछु ।’
उनले आफूलाई जिम्मेवारी सुम्पिनेमा विश्वास व्यक्त गर्दै आफूले पाएको भूमिका निभाउन कही नचुक्ने पनि बताएका छन् । ‘इंग्ल्यान्ड राज्य समन्वय परिषद्को अध्यक्ष पदमा रहेर काम गर्ने अवसर पक्का पनि दिनु नै हुनेछ भन्ने पूर्ण विश्वास गरेको छु । र जिम्मेवारीअनुसार आफ्नो भूमिका सकेसम्म निर्वाह गरेको छु । सबैको साथ, सहयोग र समन्वयमा एनआरएन युकेको भूमिकालाई अझ फराकिलो र थोरै भए पनि उचाई बढाउन मेरो क्रियाशीलता रहेको महसुस गरेको छु,’ उनले अपीलमा उल्लेख गरेका छन् ।
अहिलेसम्म सामाजिक संघसंस्थामा गरेको अनुभव र एनआरएनको हितमा लगाउने र सत्य, न्यायका पक्षमा बोल्ने पनि उनको प्रतिबद्धता छ । व्यक्ति, गुट र राजनीतिबाट माथि उठेर सामूहिक भावना सहकार्यमा संस्थागत हितमा सँधै लाग्ने भन्दै उनले सदाझैं माया, हौसला र संस्थागत जिम्मेवारीमा पुर्याउनु हुने छ भन्ने आशा गर्दै सहकार्यका निम्ति पुनस् अनुरोध गरेका छन् ।राज्य परिषद्का अध्यक्ष पदका दाबेदार गुरुङ एनआरएन यूकेमा एक कार्यकाल युवा संयोजक र त्यस पछाडि इंग्ल्यान्ड राज्य समन्वय परिषद्को उपाध्यक्षको जिम्मेवारी निभाइसकेका छन्@gurkhamedia.com












